देउवा अभिव्यक्तिको तीतो सत्य

सूर्य खड्का

शेरबहादुर देउवा मुलुकको चारपटक सरकार चलाएका अनुभवी पुराना र परिपक्क नेता हुन् । राजनीति र कुटनीतिमा उनले कुरै नबुझी सरकारलाई हल्का रूपमा आरोप मात्रै लगाए भनिहाल्न सकिँदैन । समय उपचुनावको अघि भयो भन्दैमा उनले चुनावी खपतका लागि मात्रै यस्तो गम्भीर सवालमा सरकारलाई आक्षेप लगाएर बोले होलान् भनेर मात्रै हुँदैन । त्यसको भित्री चुरो पनि बुझ्न सक्नुपर्छ ।

भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरूले मानेका हुन् । अहिले अचानक जम्मु–कश्मीर हाल्यो, नेपालको पनि हालिदियो । पाकिस्तान र नेपाललाई बराबरजस्तो गरिदियो नि ।’

त्यही कारण आफूहरूले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्नुस्, हामी साथमा छौँ भनेको उनले सुनाए । तर, सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको सभापति देउवाको आरोप छ । सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको सभापति देउवाको आरोप छ । कांग्रेस सभापति देउवाले भने, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर, सरकारले हाम्रो अतिक्रमित भूमि फिर्ता गराउन कूटनीतिक पहल गरेको देखिएन ।’ पूर्वप्रधानमन्त्री देउवा धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि पूर्व गएका थिए ।

यता सोमबार एक निजी टेलिभिजनसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चाहिँ सभापति देउवाको पहिलेको आरोपको पनि खण्डन नै गर्न सकेनन् । उनले डा.बाबुराम भट्टराई समेतको नाम लिएर शीर्ष नेताहरूलाई वजनदार कुरा गर्न मात्रै आफनो सल्लाह रहेको सुनाए । देउवाले ओलीकै इसारामा भारतले नेपालको कालापनी क्षेत्र हडपेर नयाँ नक्सा बनाएको हुने सक्ने आशंकापूर्ण अभिव्यक्ति पनि अलिक दिनअघि दिएका थिए, जो निकै विवादित रह्यो । शेरबहादुर देउवा मुलुकको चारपटक सरकार चलाएका अनुभवी पुराना र परिपक्क नेता हुन् । राजनीति र कुटनीतिमा उनले कुरै नबुझी सरकारलाई हल्का रूपमा आरोप मात्रै लगाए भनिहाल्न सकिँदैन । समय उपचुनावको अघि भयो भन्दैमा उनले चुनावी खपतका लागि मात्रै यस्तो गम्भीर सवालमा सरकारलाई आक्षेप लगाएर बोले होलान् भनेर मात्रै हुँदैन । त्यसको भित्री चुरो पनि बुझ्न सक्नुपर्छ ।

डा. बाबुराम भट्टराई पनि सरकार चलाइसकेका र भारत मामलालाई निकै नजिक रहेर बुझेका विद्वान नेता हुन् । भारतमा नै पढेका र उतैबाट विद्यावारिधि गरेका डा. बाबुरामले हचुवाका भरमा मात्रै बोलेका हुन् भनेर पत्याइहाल्न सकिन्न । आलोचकहरूले उनलाई भारतीयनिकट नै मान्छन् । आफू सरकारमा रहँदा उनले देश चलाउने चाबी अन्तै रहेको भन्दै भारतीय दबाबबारे नयाँ खुलासा नै गरेका थिए ।

मुख्य विपक्षी नेता देउवा र सत्तारूढ दलकै एक नेता बाबुरामका आरोपहरू जे–जस्तै भए पनि वर्तमान सरकार सीमा समस्याका बारेमा भारतसँग पहलकदमी लिन सुस्ताएको चाहिँ नांगो सत्य हो । सरकारले सीमा मिचिएकोबारे सरकारले देशभित्र जति दमदार विरोध गरेको छ, त्यही अनुसार भारतसँग न त पत्राचार गरेको छ, न त औपचारिक विरोध नै गरेको छ ।

सरकारले देशभित्रको विरोध वा फरक मतलाई आफ्ना विरुद्धको राजनीतिक आरोपका रूपमा नबुझेर छिमेकीको हेपाई विरुद्धको आक्रोशका रूपमा लिन र बुझ्न पर्छ । खासमा त भारतविरुद्ध कुनै कदम अघि नबढाएसम्म सरकारले सीमा जोगाउन पहल गरेको ठहर्दैन । यसमा सरकारले देउवा वा भट्टराई कसैलाई पनि आलोचना वा गाली गरेर पानीमाथिको ओभानो बन्न मिल्दैन, सक्दैन । मंगलबार पनि सभापति देउवाले अति संवेदनशील तर्क गरेका छन् । पाकिस्तानलाई हेपेर जम्मु कश्मिर निलेको भारतले नेपाललाई हेपेर कालापानी हडपेकै हो भनेर उनले साँचो तथ्य बोलेका छन् ।

उतातिर जम्मु–कश्मिर खाएकै वेला भारतले नेपालको कालापानी आफनो नक्सामा गाभेकै हो । नेपाली जमिनमा भारतीय फौज तैनाथ गरेकै हो । सभापति देउवाले अतिगम्भीर र यथार्थ कुरा गरेका हुन् । यसमा सभापति देउवाको कुरालाई सरकारले विशेष गम्भीर रूपमा लिन सक्नै पर्छ । भारतले नेपाल र पाकिस्तानलाई नभनेरै एकै ड्याङका मुलाको हेपाहा व्यवहार गरेकै हो । एकैतिरले दुवै देशमाथिको जमिनमाथि कब्जा गरेकै हो । यो सत्य अरूले बुझेर पनि बोल्न सकेनन्, सभापति देउवाले हाक्काहाक्की बोले । यो सत्य बोल्ने सभापति देउवा महान् देशभक्त नेता हुन् । विपक्षी दलका नेताले सरकारलाई खबरदारी मात्रै गर्ने हो, आफैले केही निर्णय गर्न सक्ने, पाउने हैनन् । दुनियाँ जान्दछ, भारतले जम्मु कश्मिरमाथि धाबा बोल्दा नेपाल बोलेन । कुनै औपचारिक पतिक्रियासमेत दिएन । फलतः त्यसको जवाफमा भारतले नेपालको कालापानी क्षेत्रलाई नै आफनोमा गाभेर नक्शा सार्वजनिक ग¥यो । उसले नेपालको जमिन नमिचेको जति दलील पेस गरे पनि कालापानीमाथि जबर्जस्ती मिच्याइँ गरेकै हो । हेपेरै नेपाली जमिन आफ्नो पारेको हो ।

यहाँनेर पाकिस्तान र नेपालमाथि भारतले उस्तै हैकम र हेपाहा शैली देखाएकै हो । शक्ति राष्ट्रको दम्भ देखाएकै हो । भारतले जे गरे पनि हुन्छ भन्ने नयाँ शैलीको साम्राज्यवादी हर्कत देखाएकै हो । उसले आफैसँग अलग भएर बनेको पाकिस्तानको समान राखेर नेपालजस्तो पुरानो र इतिहासमा कहिल्यै कसैको उपनिवेश नबनेको सार्वभौम देशको एक इन्च जमिन मात्रै पनि यसरी मिच्न पाउँदै पाउँदैन । यस्तोमा सरकार कुरामा सीमित भएर हुँदैन । सरकारको यो शैलीले यो सरकार मुखमा भारतविरोधी र काममा भारतीय गुलाम नै रहेको गलत सन्देश स्थापित भइरहेको छ ।

त्यसकारण देउवाले जे कुरा औँल्याए, उनका खाँटी कुरामा सबै जनताले समर्थन दिनुपर्छ, किनकी यो देशको स्वाधिनता र सार्वभौमसत्ताको सवाल हो । देशको माटोको रक्षा गर्न सभापति देउवाले सरकारलाई गाली र समर्थन तथ्यका आधारमा गरिरहेका छन् । भारतले पाकिस्तानको हैसियतमा नेपाललाई हेप्नु, पेल्नु र जमिन मिच्नु भनेको कहिल्यै सहननसकिने सवाल नै हुन् ।

तितो सत्य बोल्ने सभापति देउवाको यो मामलामा आलोचना गर्नु उनी वा उनको विरुद्धको एकांकी आक्रोश मात्रै हुन जान्छ । सत्य बोल्ने देउवाले विपक्षी दलको धर्म पनि निभाएका छन् । आमजनताको भावना पनि समेटेका छन् । पाकिस्तानसरह नेपाललाई हेप्ने भारतीय शैलीविरुद्ध सभापति देउवाको कथन, सत्य वचन नै हो । उनले सरकारलाई दिने सुझाब, दबाब कम्तीमा यो सीमा मिचिएको मामलामा भने सही छ । छैन र ?

प्रतिक्रिया