कर्णाली नदीमा शव फेला

मुगु । कर्णाली नदीमा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ । छायाँनाथ रारा नगरपालिका– १२ लुम्सका अमरसिंह रोकायाको मृत शरीर कर्णाली नदीमा डुबेको अवस्थामा फेला परेको हो । मंगलबार मुगुमकामारोङ गाउपालिका करान भेगबाट घर फर्कंदै गरेको अवस्थामा उनको शव कसरी कर्णाली नदीमा भेटियो भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कणाली नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका र त्यसलगतै प्रहरी घटनास्थलमा पुगी प्ररारम्भिक अनुसन्धान थालेको र तत्कालका लागि घटनास्थलको मुचुल्कालगायत मृतक रोकायको शवलाई पोस्टमार्टमाका लागि जिल्ला स्वास्थ्य सेवा कार्यलय मुगुमा ल्याईएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब निरीक्षक बाल बहादुर थापाले जानकारी दिए । घट्ना सम्वेदनशील भएकाले के कसरी भयो अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

प्रतिक्रिया