प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केहि सुधार देखिएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भन्दा आज स्वाथ्य अवस्था केहि सुधार हुँदै आएपछि बिहान भेन्टिलेटरबाट पनि हटाइएको छ। उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको छ, र एनेस्थेसिया दिदादेखि राखिएको भेन्टिलेटर पनि आज बिहान हटाइएको छ।’

चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गरिनेछ। ओलीको हिजो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा चौथो पटक डायलासिस गरिएको छ। एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार प्रधानमन्त्री ओलीको शल्याक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको थियो । तत्काल अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो ।

प्रतिक्रिया