आधुनिक सिमी खेतीमा रमाउँदै रोवावासी

मुगु । सदरमुकाम गमगढी नजिकै छायानाथ रारा नगरपालिका–११ रोवा गाउँमा आधुनिक सिमी खेतीमा किसानहरूको आकर्षण बढ्दो क्रममा छ । अहिले रोवा गाउँका प्रत्येक घरमा आधुनिक सिमी खेती गर्ने गरिन्छ ।  विगतमा गरिने सिमी खेतीले खासै फल नदिएपछि किसानहरू आधुनिक सिमी खेतीतर्फ लागेका छन् । परम्परागत रूपमा गरिने सिमी खेतीले भन्दा आधुनिक सिमी खेतीले फाईदा दिएपछि यसको खेती तर्फ लागेको रोवा गाउँका किसानहरू बताउँछन् ।

पाँच वर्षदेखि छायानाथ रारा नगरपालिका–११ रोवामा गैरसरकारी संस्था नारी उत्थान तथा सचेतना केन्द एनएमए हेल्भटास लागू भई किसानलाई आधुनिक सिमी खेतीका बारेमा तालिम र आधुनिक सिमी खेती प्रविधिका बारेमा सिकाएसँगै किसानहरू आधुनिक सिमी खेतीतर्फ लागेका छन् । परम्परागत सिमी खेती गरिन्थ्यो तर उत्पादन भने खासै नहुने गरेको किसान सिंह बुढाले बताए । उनी भन्छन्, ‘सिमी लगाउने वेला जथाभावी छर्किने र गोडमेलमा ध्यान नदिने सिमी उत्पादन पनि सोचेजस्तो नहुने समस्याले ग्रसित किसानहरू आजभोलि सिमी खेती प्रविधिका बारेमा जानकारी पाएसँगै सिमी रोप्नेदेखि गोडमेल तथा लहराको व्यवस्थापनमा ध्यान दिई खेती गरिरहेका र आम्दानी पनी राम्रै भएको बुढाले बताए ।

सुरुमा नारी उत्थान तथा सचेतना केन्द्र एनएमए हेल्भटासले एक केजी आधुनिक सिमी दिइएको र त्यसैको बिउबाटै अहिले प्रत्येक घरमा चर÷पाँच क्विन्टल सिमी उत्पादन गर्न सफल भएकी अर्की किसान राजकली बुढाले बताइन् । सिमी उत्पादन पनी राम्रो भइरहेको छ । वर्ष भरी दालको रूपमा सिमी पनि खाइरहेकै छौँ । बाँकी सिमी कोसेली घरले संकलन गरेर पैसा पनि आएकै छ । पैसाले अन्य खर्चका लागि सहज पनि भएको बुढाको भनाइ छ  ।

पोषण स्थितिमा सुधार ल्याउन र रैथाने बालीको संरक्षण गर्न भन्दै नारी उत्थान तथा सचेतना केन्द एनएमए हेल्भटासको सहयोगमा छायानाथ रारा नगरपालिका–११ मा किसानलाई आधुनिक सिमी खेती, तरकारी खेती तथा दाँते ओखरका बिरुवासमेत वितरण गरेको नारी उत्थान तथा सचेतना केन्द्र मुगुका अध्यक्ष चेतना शाहीले बताइन् ।

पोषण स्थितिको बारेमा र रैथाने बाली संरक्षणका सवालमा नारी उत्थानले काम गर्दै आएको बताउँदै अध्यक्ष शाहीले किसानलाई आधुनिक प्रविधिको सिमी खेतीका बारेमा तालिम, खेती प्रविधि र औजार उपकरण सहयोग गरेका र सिमी पनी किसानहरूले राम्रै उत्पदान गरेका बताइन् । नारी उत्थान तथा सचेतना केन्द्र मुगु, एनएमए हेल्भटास, ॐ सत्य साईराम र छायानाथ रारा नगरपालिकाको सहयोगमा छायानाथ रारा नगरपालिकाभित्र पोषण स्थितिमा सुधार ल्याउन विद्यालय पोषण बगँैचा कार्यक्रम, एक घर एक करेसाबारीलगायत आधुनिक प्रविधिको सीप विकास तालिम दिने र रैथाने बाली संरक्षण गर्नेजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुले जनाएको छ । नारी उत्थान सचेतना केन्द्रभित्रै एक कोसेली घर छ । जसले रैथाने बाली संकलन र बजारीकरण पनि गर्दै आएको छ ।


रोवा गाउँका किसानका पनि सिमी बिक्रीका लागि कोसेली घरले बजारीकरण गर्दै आएको छ । आपूmलाई वर्ष भरी खाने सिमी राखी बचेको र बिक्री गर्ने सिमी किसाहरूले कोसेली घरमा ल्याउने र बजारीकरण गर्ने हातमै पैसा पनि पाउने गरेका अध्यक्ष शाहीको भनाइ छ । रोवा गाउँका किसानलाई एक घर एक करेसाबारी अन्तरगत घरघरमा ग्रिन हाउस, पाइप औजार उपकरण दिएपछि नियमित तरकारी खानेबानीको पनि विकास भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया