कान्तिपुर मलको मोटरसाइकल उपहार

काठमाडौं । राजधानीको गंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उपहार विजेतालाई उपहार हस्तान्तरण गरिएको हो । उपहार अन्तरगत प्रथम उपहार सर्लाहीका दिप्शन वस्नेतले १ सय ५० सिसिको यमाहा एफ जेड एफ आइ भि थ्रि मोटरसाइकल जित्न सफल भए । उनी मात्र १८ महिनाका छन् ।

उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाईकल जितेका हुन् । यसैगरी द्धितिय पुरस्कार काठमाडौका अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सिसिको एफ जेड एफ आइ भि टु मोटरसाइकल जित्न सफल भए । तेस्रो पुरस्कार काठमाडौका अनिरूद्र जंग केसीले यमाहाको १ सय ३३ सिसिको एफ जेड एफ आइ भि टु स्कुटर जित्न सफल भए ।

प्रतिक्रिया