अर्थबजार

तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर

सौर्य अनलाइन २०७६ मंसिर ९ गते १८:४४ मा प्रकाशित

काठमाडौं । राजधानीको त्रिपुरेश्वरस्थितयुनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबारचारदिने चीनतिब्बत–नेपालइकोनोमिकएन्ड ट्रेड फेयर सुरु भएको छ । जन गणतन्त्रचीनको वाणिज्यमन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीनउद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला सुरु भएको हो ।

आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लावाछिलेका अनुसार मेलामा चीनका ५० भन्दा बढी प्रदर्शकले स्टल राखेका छन् । मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दुग्ध पदार्थ, मदिरा, वाइन, तिब्बती औषधी, हस्तकला, स्किन केयर सम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकल लगायतको स्टल राखिएको छ ।

नेपालमा लगानीको अवसर पहिचान गर्न चाहने चिनियाँ कम्पनीहरू पनि मेलामा सहभागी भएको अध्यक्ष छिलेले जानकारी दिए । यो मेलाले नेपाल र चीनबीचको व्यापार र आर्थिक सम्बन्ध अझ बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरे । नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच (बिटुबी) छलफल, समझदारी पत्रमा हस्ताक्षर लगायत कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय