अपांग भएकै कारण विवाह भएन

कालीकोट । आँखामा आँशु र कालो चस्मा लगाएर हातमा लौरो टेक्दै उकालो अनीओरालोको बाटो हिड्दै शरिरभरी पसिनाले भिजेको जाडो मौषममा तातोपन ल्याउन शरिरै भरी कपडा लगाएर स्या स्या गर्दै आएका शुभकालिका गाउँपालिका– ६ हाउडीका जनकबहादुर शाहीले भावुक हुँदै सुनाए ।

‘मेरा दुवै आँखा जन्मजात नै अन्धा भएँ, आँखा अन्धो भएकै कारण विवाह गर्ने सोच हुँदाहुदै पनि विवाह भएन, ‘उनले भने दाजु भाईको विवाह भयो, सन्तान खेलाउने अनी सुखी परिवार बनाउने ठुलो सपना भएपनी म अन्धोलाई कसैले हेरेनन, बुढेसकालको सहारा अपांग भत्ता पाउनका लागि परिचयपत्र लिन आएँ ।’ जनकमात्र हैनन् शुभकालिका गाउँपालिका ६ का कल्पना खत्रीको पनि धनगडीमा बस दुर्घटना हुँदा दाइने हात गुम्यो ।

कक्षा ९ माअध्ययनरत कल्पनाका पनि धेरै सपना छन् । उनले भनिन्, ‘एक हात गुमेपनी अक्रो हात र आफन्तको सहयोग पाएँ भने मेरा सपना पुरा गर्छु ।’ १५ वर्षकी खत्री अपांग परिचयपत्र ल्याउन सुकाटिया पुगिन् । जिल्लाको शुभकालिका गाउँपालिकामा वस्ती वस्तीमागई अपांग परिचयपत्रवितरण गर्ने कार्य जारी रहेको छ । शुभकालिका गाउँपालिका वडा नं.४, ५, ६ कानागरिकहरुलाई सुकाटियमा एक कार्यक्रमको आयोजना गरी अपांग भएका मानिसहरुलाई परिचयपत्र वितरण गरी स्थानियलाई सहज बनाउन पालिकाले कार्यक्रम लागु गरेको छ ।

शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईको अध्यक्षता र डाक्टर जितेन्द्र महतोको प्रमुख आतिथ्य तथा शुभकालिका गाउँपािलका स्वास्थ्य शाखा प्रमुख एैन बहादुर शाहीको विशेष आतिथ्यमा भएको कार्यक्रममा करिव एक सय पच्चिस जना अपांगको फाइल समितिले बुझेको छ । समितिबाट को कस्तो खाले अपांगहो कस्ले कुनवर्गको कार्ड पाउने भनितत्कालै छलफल गरी केहीदिनमा कार्ड वितरण गर्ने पालिकाअध्यक्ष खडानन्द चौलागाँईले बताए ।

पहिला सदमुकाम जानुपर्ने पिडालाई भुल्दै स्थानियबासीहरु घरघरमा सेवा दिंदा भने खुसि देखिएका छन् । पालिका अध्यक्ष चौलागाँईले भने नागरिकलाई गाउँगाउँमासिहंदरवार आएको महसुस गराउन अन्य पालिकाको निति नियम भन्दा शुभकालिका गाउँपालिकाको निति नियम नागरिकको सहजताका लागि बनाइएको बताए । शिविर शुभकालिका गाउँपालिकाको कालिका मुग्राहापनीमा सञ्चालनहुदैछ् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया