स्वाथ्यचौकी भवनको उद्घाटन

अर्घाखाँची । प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्लाको पाणिनी गाउँपालिका–७ अड्गुरीमा रहेको नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गरेका छन् । उनले चौकी उद्घाटन गर्दै संघीयताले जनताका मागलाई छिटो, छरितो र सहज हिसाबले सम्बोधन गर्ने सफल भएको बताए ।

मन्त्री बरालले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको भन्दै स्वाथ्यचौकीमा प्रर्याप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनावद्ध तरिकाले काम गरेको बताए । बराले भने, ‘स्वाथ्यजस्तो निकै संवेदनशील क्षेत्रमा सरकारले विशेष योजना बनाएरै काम गर्दै छ, जनतालाई महसुस हुने गरी नै काम हुन्छ ।’ कार्यक्रमका विशेष अतिथि तथा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले मान्छेको स्वाथ्य नै प्रमुख सम्पत्ति भएकाले स्वाथ्यचौकी व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने भन्दै घिमिरेले जिल्लाको विकास जनताको माग र आवश्यकताको आधारमा तीव्र गतिमा अगाडि बढाएको बताए ।

गाउँपालिका अध्यक्ष अच्युत गौतमले स्थास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गर्दै गाउँपालिकावासीलाई सहज रूपमा स्वाथ्य सेवा प्रदान गर्न गाउँपालिकाले योजना बनाएको भन्दै गौतमले सेवाग्राहीले केही कमजोरी भए निरन्तर खबरदारी गर्नुपर्ने बताए । उपाध्यक्ष लक्ष्मी गौतमले समग्र गाउँपालिकाको विकासका लागि योजना बनाई स्वास्थ्य क्षेत्रमा ग्रामीण जनताको समस्यालाई मध्यनजर गर्दे तिनै तहका सरकारले समन्वय गरी देखिने गरी काम गर्ने बताइन् ।

२ करोड १२ लाखको लागतमा संघीय कार्यान्वयन एकाइ रूपन्देहीमार्फत काम सम्पन्न गरी चौकी हस्तान्तरण गरिएको भवन व्यवस्थित तरिकाले प्रयोग गर्नुपर्ने वडाध्यक्ष तथा स्वाथ्यचौकीका अध्यक्ष गुनाखर अधिकारीले बताए । कार्यक्रममा पाणिनी–५ का अध्यक्ष जीवलाल घिमिरे, पाणिनी गाउँपालिका स्वाथ्य शाखा संयोजक शेषकान्त घिमिरे, धातिवाङ स्वाथ्य इन्चार्ज मित्रदेव पौडेल, पत्रकार माधव बेल्वासे, तुल्सीराम पौडेले, पुनाराम भुसाल लगायतले मन्तव्य राखेका थिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया