मनकामना दर्शनले मनायो वार्षिकोत्सव

काठमाडौं । मनकामना दर्शन प्रालिले २१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यव्रmममा मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेकोे थियो । उक्त कार्यव्रmममा कर्मचारीहरुका लागि खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम आयोजना गरिएको थियो ।

वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरिएको उपहार योजना लक्की ड्र मार्फत घोषणा गरियो । उक्त लक्की ड्र मार्फत प्रथम पुरस्कार एलजि ४३ ईन्च टेलिभिजन, त्यसै गरी दितीय पुरस्कार एलजि ३२ ईन्च टेलिभिजन टिकट नम्बर र तृतीय पुरस्कार सामसङ स्मार्ट फोन विजेता घोषणा गरियो । विसं २०५५ सालमा स्थापना भएको मनकामना केबलकारले हाल वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई चितवनको कुरिन्टारबाट गोरखास्थित मनकामना मन्दिर आवतजावत गराउदै आएको छ ।

प्रतिक्रिया