सागको ओलम्पिक टर्च र्याली सुरु

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करणको उद्घाटन दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको ¥याली शुक्रबारदेखि सुरु भएको छ ।  सातै प्रदेशका मुख्य सहरमा पु¥याइने टर्चको ¥याली स्वयम्भु स्तुपादेखि सुरु गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका म्याराथन धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि ¥याली सुरु भएको थियो ।

टर्च लिएपछि ¥यालीमा सहभागी हुने ओलम्पियनहरूले स्वयम्भुको तीनपटक परिक्रमा गरेपछि स्वयम्भु हाताबाट ¥यालीका लागि प्रस्थान गरेका थिए । ओलम्पियनसँगै सदस्य–सचिव सिलवालले पनि स्वयम्भुको परिक्रमा गरेका थिए । टर्च हस्तान्तरण गर्नुअघि विभिन्न खेलका राष्ट्रिय खेलाडीसहित ¥यालीमा उपस्थितले स्वयम्भुको ३ मिनेट प्रार्थना गरेका थिए ।

¥याली शुभारम्भ कार्यक्रममा सदस्य–सचिव सिलवालको ‘१३औँ सफल पारौँ’, जित्छौँ, हामी जित्छौँ’ र ‘नेपालको जय होस्’ भन्ने नारामा उपस्थित सबैले साथ दिएका थिए । ¥याली व्यवस्थापनको जिम्मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पाएको छ । ¥यालीमा खेलाडी संघका अध्यक्षसमेत रहेका ¥याली संयोजक दीपक श्रेष्ठ बाहेक विभिन्न खेलका १२ ओलम्पियन सहभागी छन् ।

त्यसमा एथलेटिक्सबाट सर्वाधिक ७ ओलम्पियन छन् । ¥यालीमा सहभागी हुने ओलम्पियनहरूमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु तथा मुकुन्दहरि श्रेष्ठ छन् ।

पहिलो दिन ¥याली प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौँ दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौँ दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौँ गण्डकी प्रदेशको पोखरा लगिनेछ ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । नवौँ दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टर्चबाट दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

प्रतिक्रिया