महराको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौँ । बलात्कार काण्डमा पक्राउ परेका निलम्बीत पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन झिकाउन उच्च अदालतले आदेश दिएको छ ।

संसद सचिवालयकी कर्मचारी नर्स रोशनी शाहीमाथि जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएपछि महरा निवेदन लिएर बिहीबार उच्च अदालत पाटन पुगेका हुन् । उनले आफुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिरहनुपर्ने जरुरत नभएको भन्दै थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

महराको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालतले आदेश दिँदाको आधार र सक्कल मिसिल पठाउन आदेश दिएको हो ।

प्रतिक्रिया