रियाल एमबाप्पेलाई कीर्तिमानी रकम खर्चन तयार

एजेन्सी, मड्रिड । दुई वर्षअघि सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनसँगै स्पेनिस महारथी रियाल म्याड्रिडले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । रियालका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना मनपर्ने बेल्जियन इडेन हजार्डलाई यो सिजन क्लबमा अनुबन्ध गरेपनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

यो सिजनको सुरुआती समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र केही युवा खेलाडीलाई विश्वास गरेपनि जिदान उनीहरूको प्रदर्शनबाट सन्तुष्ट छैनन् । यसबीचमा रियालले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन ९पीएसजी० का युवा फरवार्ड केलियन एमबाप्पेलाई आउदो सिजन जसरी पनि अनुबन्ध गर्ने तयार रहेको विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

रियालले २० वर्षे एमबाप्पे अनुबन्ध गर्न ३४३ मिलियन पाउन्ड ९४०० मिलियन युरो खर्चन तयार रहेको विभिन्न सञ्चार माध्यममा उल्लेख छ । यदि यो सम्भव भए एमबाप्पे विश्वकै सबैभन्दा महँगा खेलाडी हुनेछन् । २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेयमारलाई १९८ मिलियन पाउन्ड ९२२२ मिलियन युरो० मा अनुबन्ध गरेको थियो । जुन हालसम्म विश्व कीर्तिमानी मूल्य हो ।

पछिल्लो समय उनी रियालमा अनुबन्ध हुने चर्चामा छ । एमबाप्पेले मोनाकोबाट लोनमा पीएसजी जानुअघि रियलमा आउने चासो देखाएका थिए । समर सिजनमा एमबाप्पे नै रियालको मुख्य लक्ष्य हुनेछ । रियालले यसै विन्टरमा ग्यारेथ बेलसहित रियालमा गोल गर्न संघर्षरत केही खेलाडीलाई बिदा गर्ने मनस्थिति बनाएको छ । यो सिजन एमबाप्पे पीएसजीमै रहने भएपछि रियालले इंग्लिस क्लब चेल्सीबाट हजार्ड र जर्मन क्लब फ्रान्कफर्टबाट लुका जोभिकलाई अनुबन्ध गरेका थिए ।

अघिल्लो सिजन रियालमा राम्रो प्रदर्शन गरेका ब्राजिली भिनिसियस जुनियरले यो सिजन संघर्ष गरिरहेको छ । भिनिसियसले यो सिजन चार खेलमा पहिलो रोजाईमा खेलेका छन् । ५ खेलमा वैकल्पिक खेलाडीको रूपमा खेलेका छन् । भिनिसियसलाई पीएसजीले पनि अनुबन्ध गर्न चाहिरहेको छ । एमबाप्पे ल्याउन रियालले भिनिसियसलाई पीएसजी पठाउन सक्नेछ । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दो र रियालबीच खेलाडी आदान प्रदानमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया