इसुजुको जिएस टिपर र ट्रक नेपालमा

काठमाडौं । एसएमएल इसुजुले ग्लोवल सेरिजका स्मार्ट जिएस टिप्पर स्मार्ट जिएस ट्रक नेपाली बजारमा ल्याएको छ । लक्ष्मी कमर्सियल भेहिकलद्वारा गुर्जुधारामा एसएमएल इसुजुले बिहीबार फ्यागसिप सर्भिस सेन्टरको सुरुवात तथा ग्लोबल सिरिजका ट्रक तथा टिप्परहरू सार्वजनिक हो । लक्ष्मी कमर्सियल भेहिकल प्रालि (पहिले गोल्ड फिस इन्टरनेसनल प्रालि) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र टिपरको बजारमा ल्याएको हो ।

बजारमा स्मार्ट जिएस टिप्परको मूल्य २८ लाख ९६ र स्मार्ट जिएस ट्रकको मूल्य २४ लाख ९६ हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले जिएफआई सर्भिसको पनि बिहिबारबाट नैकाप गुर्जुधारा काठमाडौंस्थित एसएमएल इसुजुले फ्यागसिप थ्रिएस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सर्भिस सेन्टर १ लाख वर्गफिट क्षेत्रमा बाँधिएको छ ।

उक्त सेवा केन्द्रमा बिक्री, स्पेयर पार्ट्स, पिडिआइ केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरू समावेश गरिएको छ । थ्रीएस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरू पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरूको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरूको सेवा प्रदान गर्दछ ।

प्रतिक्रिया