खोजखबर

ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए मन्त्री विष्ट

सौर्य अनलाइन २०७६ मंसिर ५ गते १४:५२ मा प्रकाशित

काठमाडौँ । मन्त्री फेरबदल भएपछि निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएका छन् ।

आफ्नो स्थानमा रामेश्वर राय यादवले पदभार ग्रहण गरेपछि विष्ट बिहीबार ट्याक्सी चढेर निवासतर्फ लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका छन् । आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उनले बताएका छन् ।

प्रतिक्रिया