हिंसारहित अभिभावकत्व कार्यक्रम सम्पन्न

कालिकोट । ‘खुसी नेपाली समृद्ध नेपाल’ बालअधिकार सबैको सरोकार भन्ने मूलानाराका साथ हिंसारहित अभिभावकत्व शिक्षा कक्षा सञ्चालन कार्यक्रमको समापन गरिएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हिंसारहित अभिभाकत्व शिक्षाको लागि शुभकालिका गाउँपालिका–३ मा ०७५ साउन १६ बाट कक्षा सञ्चालन गरिएको थियो ।

किर्डाक नेपाल कालीकोटद्वारा सञ्चालित सहयात्रा परियोजनाको आर्थिक तथा भौतिक सहयोगमा कक्षा सञ्चालन भएको हो । शुभकालिका गाउँपालिका–३ का महिला, बालवालिका र अन्य अभिभावकहरूलाई यो शिक्षा दिएको बताइएको छ । बालबालिकाहरूले बोल्ने कला, अभिभाकहरूले बालबालिकालाई गर्ने व्यवहारमा परिवर्तन ल्याई नम्र तरिकाले अभिभावक र बालबालिकालाई सभ्य बनाउने उद्देश्यले यो कार्यक्रम लागू गरिएको किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा परियोजना संयोजक प्रकाश शाहीले बताए ।

शुभकालिका गाउँपालिका–३ मा हिंसारहित अभिभावकत्व शिक्षा लागू गर्दा यहाँका धेरै अभिभावकहरू शिक्षित भई बालबालिकालाई राम्रो व्यवहार गर्ने गरेको अनुगमन समितिले निष्कर्ष निकालेको छ । शुभकालिका गाउँपालिका–३ कि जवरा रोकायाले छोरा पाउने आशमा ११ सन्तान जन्माइन् । ११ मा ३ बालबालिका मरे तर आठ छोरी अहिलेसम्म छन् । आठ छोरीपछि एउटा छोरो जन्मियो । उनलाई यो हिंसारहित अभिावकत्व शिक्षाले धेरै फाइदा भएको बताइन् ।

कार्यक्रमका प्रमुखअतिथि सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले यो शिक्षा अति महत्वपूर्ण रहेको भन्दै आगमी दिनमा शुभकालिका गाउँपालिकामा मात्र नभएर अन्य नौ वटै स्थानियतहमा हिंसारहित अभिभाकत्व शिक्षा लागू गर्नुपर्ने बताएका छन् । सभाध्यक्षसमेत रहेका वडा–३ का वडाध्यक्ष धनराज शाही यस वडामा पहिला र अहिलेको तुलनामा बालहिंसा, महिला हिंसा कम हुने गरेको बताउँदै यो कार्यक्रम पुनः सञ्चालन गर्नसमेत आग्रह गरेका छन् ।

कार्यक्रमका विशेष अतिथिको पद ग्रहण गरेका नेकपा नेता भरतराज धितालले हिंसारहित अभिभाकत्व शिक्षा विगतका दिनमा भएको भए विगतमा धेरै घटनाहरू घट्ने थिएनन् भन्दै शुभकालिका गाउँपालिमा यो शिक्षा लागू गरेकोमा किर्डाक नेपाल कालिकोटलाई विशेष धन्यवादसमेत दिएका छन् ।

पत्रकार भरतराज विष्ट, कालीबहादुर मल्ल, हस्त चौलागाईं, कर्ण कुमाल, रमेश सोनी लगायतले दोहोरो बहस गर्दै हिंसारहित अभिभावकत्व शिक्षाले के के सिकायो ? आगामी दिनमा कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ भनी अभिवाकहरूसँग बहस सञ्चालन गरेका छन् । बहसबाट उपस्थित अभिभावक, बालबालिका सबैले हिंसारहित अभिभावकत्व शिक्षा कार्यक्रम पुनः लागू गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया