खोजखबर

नेपाल भारत सीमा सुरक्षा बैठक सुरु

सौर्य अनलाइन २०७६ मंसिर ४ गते १०:०१ मा प्रकाशित

काठमाडौं । नेपाल भारतको सीमा सुरक्षा बैठक पोखराको दोबिल्लामा रहेको माउन्ट ग्लोरी रिसोर्टमा शुरु भएको छ। आजबाट सुरू भएको बैठक तीन दिनसम्म चलनेछ। बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डीआइजी कुमार राजेशचन्द्रले टोलीको नेतृत्व रहेको छ।

नेपालको टोलीमा आइजीपीको नेतृत्वमा एआइजी पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, डीआइजीहरु बाबुराम पाण्डे, सुरज श्रेष्ठ, चिरन्जीवी अधिकारी, नगेन्द्र थापा, गोविन्द क्षेत्री, राजु अर्याल, नारायणदत्त पौडेलको साथमा गृहका उपसचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधी, नेपाल प्रहरीका डिआइजी दानसिङ बोहरा छन्।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय