प्रियंकाको निर्देशनमा भिडियो

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले पहिलोपल्ट निर्देशन गरेको ‘मेरै लाहुरेले’ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका आयुष्का खनियाँको आवाज रहेको उक्त गीतमा लेखु सहयात्रीको शब्द रहेको छ । दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र वियोगीले संगीत एरेन्ज गरेका छन् । गीतको भिडियोमा अभिनेता आयुष्मान देशराज श्रेष्ठका साथमा प्रियंका स्वयंको अभिनय छ ।

भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ । सुदिप बरालले छायांकन गरेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका छन् । गीतको भिडियो पहिलोपल्ट निर्देशन गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गर्दै अभिनेत्री प्रियंकाले लेखेकी छन्, ‘मैले पहिलोपल्ट निर्देशन गरेको म्यूजिक भिडियो, तपार्इंहरूको माया र आशिर्वादको खाँचो छ ।’

प्रतिक्रिया