जनता बैंकको लाभांश पनि पारित

काठमाडौं । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबीच एक आपसमा मर्जका लागि साधारणसभाले स्विकृति दिएको छ । बैंकको दशौं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले उक्त स्विकृति दिएको हो ।

दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरूलाई १२ प्रतिशतले हुन् आउने रकम छयानब्बे करोड चौरानब्बेहजार तीनसय दश र पैसा चौरानब्बे मात्र) बाराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँशमध्ये ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभाँश रहेको छ ।

सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरूको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।

प्रतिक्रिया