सफलताका नौ भाइरस

रक्सीले काम गरेजस्तै खानेबित्तिकै लाग्ने प्रकारको प्रतिफल खोजिरहेका हुन्छौँ । कुनै काम गरेपछि त्यसको प्रतिफल आउन केही समय लाग्छ । हामीले प्रकृतिको नियम पनि बुझदैनौँ कुनै बिरूवाको बिउ रोपेपछि त्यो केही समयपछि मात्र उम्रन्छ भनेर 

वास्तवमा सफलता सबैले चाहन्छन् तर सबैले सफलता प्राप्त गर्न सकिरहेका हुँदैनन्, सफलता प्राप्त गर्न निश्चित कुराको आवश्यकता पर्दछ । जुन आवश्यक कुराहरू हामीले गर्दैनौ, र हामीले सफलता प्राप्त गर्न सक्दैनौँ । हामीले आफ्नो सवारीसाधन बाइक वा कारमा ब्रेक लगाएर कुदायौँ भने के हुन्छ ? पक्कै पनि पूर्ण गतिमा कुद्न सक्दैन वा गतिमा रोकावट आउँछ । अथवा गाडीमा समस्या आउन सक्छ वा बिग्रन्छ ।

तपाईंसँग दुईवटा विकल्प आउँछन् तपाइँ या त ब्रेकलाई थिच्न छोडेर गाडीको गतिमा कुद्नुप¥यो या त ब्रेक मै थिचेर बस्नुप¥यो । हाम्रो जीवनमा पनि ठ्याक्कै यही कथा, व्यथा लागु हून्छ या त घिसिट पिसिट जीन्दगीमा रमाउनै प¥यो । यो भनेको डर टार्ने काम, आत्म विश्वासको कमी आदि हाम्रो जीवनका ब्रेक हुन् । आफ्नो जीवनको ब्रेक छोडेर एक्सिलेटर थिच्न तिर लाग्नु प¥यो अर्थात् सकारात्मक धारणाको विकास, उच्च आत्मसम्मान र उत्रदायित्व स्विकारेर अगाडि बढ्न सक्नु नै ब्रेक छोड्नु हो ।

सफलताका भाइरस
१ डरः डर नै त्यो तथ्य हो यसले सफलताको द्वारलाई छेक्छ, वास्तवमा डर मुख्य रूपमा बुझाइको कमीले गर्दा हुन्छ । डर वास्तविक र काल्पनिक दुवै हुन्छन् । नयाँ काम गर्दा एक प्रकारको डर सबैलाई हुने गर्दछ । यो स्वभाविक हो समस्यासँग नडराई सामना गर्न सकिन्छ । डरले असुरक्षा, आत्म विश्वास कमी, र काममा ढिलाइजस्ता परिणाम ल्याउँछ । वैज्ञानिकहरू डरका बारेमा बताउँछन् हामीले सोच्ने डर भनेको १३ प्रतिशतदेखि १७ प्रतिशत मात्र वास्तविक डर हुने बाँकी ८७ प्रतिशत डर हामी आफैँले काल्पनिक बनाउँछौँ । जस्तो, असफलताको डर, नजानेको कुराको डर, तयारी नभएको डर, गलत निर्णयको डर अस्विकारोक्तिको डर ।

हामीले जन्मजातै लिएर आएको डर २ थरिका छन् । १, लडिइला भन्ने डर २, ठुलो आवाजको डर । बाँकी सबै डर हामीले बढ्दै गर्दा सिकेर आएको हो । डरलाई हटाउने एक मात्र उपाय काम थालिहाल्ने । म मेरा अनुभव सुनाउँछु डरको बारेमा मलाई रोटरी क्लबको एक कार्यक्रममा कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिइएको थियो, मैले कहिल्यै पनि पहिला यस्तो सम्माननिय क्लबको कार्यक्रम सञ्चालन गर्ने मौका पाएको थिए र म धेरै प्रफुल्लित पनि थिएँ भने अर्कोतिर डर किनकी रोटरी इन्टरनेसनल जस्तो क्लब त्यसमा उपस्थित हुने हाई प्रोफाइल व्यक्तिहरूको जमात, कतै मैले कार्यक्रम सञ्चालन राम्रोसँग गर्न नसक्ने पो होकी भन्ने मनमा डरको भावनाले उक्साइरहेको थियो, घरी म बाथरूम जान्थे र आफूलाई मोटीभेट गर्थें सन्तोष यु क्यान डु इट ।

नभन्दै त्यस कार्यक्रममा म अलि नर्भस नै भएँ जेनतेन कार्यक्रम राम्रैसँग सञ्चालन गरियो तर त्यसपछिको समयमा भने ममा अद्भुत आत्मविश्वासको विकास भयो र मैले आफ्नो डरलाई पनि जिते । त्यसैले तपाईंसँग कुनै कामप्रति डरको भावना आइरहेको छ भने त्यस कामलाई गरी हाल्ने जमर्को गर्नुहोस् त्यसपछिका दिनमा तपाईंंले आफूलाई डरका बाबजुद पनि सफलताको बाटोमा डो¥याउन सक्नुहुन्छ ।

२ खतार मोल्न नसक्नुः कुनै पनि काम थाल्दा जोखिम लिने क्षमता हुनु पर्दछ । कामहरू सम्पन्न गर्दा खतरा मोल्नुपर्ने हुन्छ । काम थाल्दा मेरो लगानी डुब्ने पो हो कि जागिर नपाउने पो होकी भन्ने मानसिकता फ्याँकिदिनुपर्छ । यस्ता मानसिकताले तपाईंलाई कहिँ कतै पु¥याउँदैन । तपाईंले केही न केही त त्याग्नै पर्छ अनि मात्र तपाईंको सफलताको द्वार खुल्दछ, आफूलाई कम्फोर्ट जोनबाट बाहिर ल्याउनै पर्छ । १० वर्ष जनयुद्ध कालमा आजका कम्युनिस्ट पार्टीका नेताहरूले खतरा नमोलेको भए आज प्रचण्ड, बाबुरामलगायत अन्य नेताहरू आजको देशको गन्यमान्य लिडरको रूपमा चिनिन्थे ? त्यसैले, केही चिज पाउनको लागि केही चिजको खतरा मोल्नै पर्छ ।

३ कोसिस नगर्नुः हामीहरू पहिलो कुरोे कुनै पनि कामको योजना बनाउँछौँ तर गर्दैनौँ अर्थात् कोसिस नै गर्दैनौँ कुने काम एकपटक गरेपछि सफल भएन भने छाडिदिन्छौँ । तर, यसो गर्नु भनेको नजिक आएको सफलतालाई अस्वीकार गर्नु हो । कुनै काम गर्नु नै सफलताको द्वार खोल्नु हो । यदि मैले यो लेख लेख्न कोसिस नगरेको भए के आज यो तपाईंको हातमा आउने थियो ? पक्कै थिएन ।

एक पटकको कोशिस्ले तपाईंलाई सफलता नमिल्न सक्छ । अमेरिकी, लाइफकोच लेखक ज्याक क्यान फिल्ड आफ्नो बहुचर्चित किताब चिकन सुप फर द सोल प्रकाशित गर्ने क्रममा प्रकाशनले ३५ पटक सम्म रिजेक्सन गरेका कुरा बताउनुहुन्छ । तपाईं हामी ३५ पटक त के १÷२ पटक मै हार खान्छौँ । कोसिस गर्नु नै सफलता उन्मुख हुनु हो ।

४ दृढ विश्वास नहुनुुः काम प्रतिको शंकाले काममा सफलता दिलाउंदैन यदि तपाईंको मनमा यो काम हुन्छ कि हुँदैन भन्ने शंकाको भावना आएमा यहि भावनाले तपाईंलाई जित्नेछ ।आफ्नो काममा शत प्रतिशत सफल हुन्छ भन्ने नै विश्वास नहुनु, सफलता प्रति शंका गर्नु नै असफलताको कारण हो । म आफै धेरै ठाउमा यस्तो अवस्था भोगेको छु । मोटिभेसन टे«निंग सेक्टरमा लागेको ४ वर्ष भयो ।

सुरुमा कार्यक्रमहरू गर्दा मलाई नै विश्वास हुँदैन थियो की मैले गर्न सक्छु कि सक्दिन मेरो टे«निङको प्रभाव अरूलाई पार्न सक्छु कि सक्दिन भनने भावना उब्जीरहन्थ्यो । तत्पश्चात् जे सोच्यो त्यही हुन्थ्यो । यानीकी शंकालु भावनाले जित्थ्यो । त्यसैले आफ्नो काममा शतप्रतिशत विश्वास भएमा तपाईंले जुनसुकै काम पनि सफलता पाउन सक्नुहुन्छ ।

५ गल्तीहरूबाट नसिक्नुः हामी मानव जाती सुरुमै कसैले केही जानेरै सिकेरै आएको हुँदैन । गर्दै जाँदा सिक्दै जाँदा सिक्ने हुन् । यदि तपाईंले कुनै काममा असफलता पाउनु भयो भने त्यस असफलताबाट सिक्नु पर्दछ, के–के कारणले गर्दा मैले असफलता भोगे के कमजोरीको कारण भन्ने कुराहरू निक्र्याैल गर्न सक्नुप¥यो र आगामी त्यो गल्ती नदोहो¥याउने भनि अगाडि बढ्नु पर्दछ । तपाईंले पढेर भन्दा पनि गरेर धेरै व्यवहारिक ज्ञान सिक्नु हून्छ । त्यसैले गल्तीहरूबाट सिक्नु नै तपाईंको लागि उत्तम हुन्छ ।

६ साहस र उत्साहको कमीः हरेक काम विना उत्साह कहि कतै सम्पन्न भएको छैन । संसारमा जति पनि ठुला कामहरू सम्पन्न भएका छन् । सफल हुने व्यक्तिहरूमा लाखौँ उत्साहका लहरहरू हुन्छन् । उत्साह नहुनु नै असफल हुनु हो ।

७ योजना नहुनुः हामीले जीवनमा के कति सफलता वा असफलता पाउने भन्ने कुरा हामीले कस्तो खालको योजना बनाएका छौँ त्यसैमा निर्भर हुने गर्दछ । धेरै मान्छेहरू आफ्नो जीवनको बारेमा योजना बनाउनुभन्दा निन्दा र भोज भत्तेरमा समय बिताउँछन् । खेलमा अभ्यास कमजोर भएमा खेल पनि कमजोर नै हुन्छ जति अभ्यास गरेको हो त्यति नै मात्रै खेल्न सक्छौँ ।

२०१८ को विश्वकप फुटबलमा राम्रा–राम्रा नाम चलेका देशहरू क्वार्टर फाइनलबाट बाहिरिनु भनेको अभ्यास वा योजना कमजोर भएर भएको भनेर किटान गर्न सकिन्छ । त्यस्ते तपाईंको जीवनको योजना पनि के कति बलियो छ त्यसै अनुरूप नै तपाईंको जीवन सफल वा असफल हुने हो । तयारीबाट आत्माविश्वास जाग्दछ, कुनै पनि क्षेत्रम सफलता प्राप्त गर्न पूर्ण तयारी गर्नु अत्यावश्यक छ

८. बहाना बनाउनुः हर सफल हुने व्यक्तिहरू बहाना बनाउँदैनन् कुनै काम गर्न आलटाल गर्दैनन् । सक्ने र नसक्ने भन्ने कुरामा छिटो निर्णय गरिहाल्छन् उनीहरू अल्झेर बस्दैनन् । बहाना बाजीहरूसँग बहानाको ग्रन्थनै हुन्छन् । हामी यस्ता बहानाहरू सुन्छौँ ः म अभागी छु, म धेरै सानो छु, मैले धेरै पढेको छैन, म धेरै चलाख छैन, मस“ग पर्याप्त पैसा छैन र मसँग समय छैन आदि ईत्यादि । आजैबाट यस्ता बहानाबाट तपाईं निक्लिनुहोस् ।

९. आजको भोलि नतिजा खोज्नुः हामीमा कस्तो छ बानी छ भने कुनै काम गर्न नपाउँदै परिणाम खोजी हाल्ने । रक्सीले काम गरे जस्तै खानेबित्तिकै लाग्ने प्रकारको प्रतिफल खोजीरहेका हुन्छौँ । कुनै काम गरेपछि त्यसको प्रतिफल आउन केही समय लाग्छ । हामीले प्रकृतिको नियम पनि बुझदैनौँ कुनै बिरुवाको बिउ रोपेपछि त्यो केही समयपछि मात्र उम्रन्छ भनेर । आज कैयन खराब व्यक्तिहरू चाँडै धन सम्पत्ति चाहिने भएर अपराधिक काम गर्छन् ।

र अन्ततः फलको परिणाम भोग्छन् जेल जान्छन् समाजबाट अस्वीकृत हुन्छन् । किनकि, प्रकृतिको नियमभन्दा अरू केही ठूलो छैन, आजै रोपेको बिउबाट भोली नै फल पाउन सकिँदैन । त्यसैले सजाय त भोग्न नै पर्छ । त्यसैले तपाईंले पनि छिटो नतिजा पाउने दृष्टिकोण नबनाउनुहोस्, काम गर्नुहोस् फल अवश्य मिल्नेछ । त्यसैले भगवान् श्रीकृष्णले भनेका हुन्, काम गर फलको आशा नगर ।

प्रतिक्रिया