गायिका उषाले ल्याइन् ‘ढुंगाको मन’

काठमाडौँ । गायिका उषा मगरले सांगीतिक कोसेली स्वरुप नयाँ लोकगीत ‘ढुंगाको मन’ बजारमा ल्याएकी छन् । रेशम ओलीको शब्द तथा भिमसेन विएमको संगीत रहेको उक्त गीतमा गायिका उषाको एकल समधुर आवाजले सजिएको छ । मलाश्री स्टुडियोमा रेकर्ड गरिएको गीत बिनोद बाजुरालिले संगीत संयोजन गरेका हुन् ।

त्यसैगरी भिमसेन विएमको निर्देशन रहेको गीतको भिडियोलाई प्रकाश खड्काले खिचेका छन् । त्यस्तै उक्त भिडियोमा गायिका उषा मगर, दिपेन्द्र प्रकाश केसी र उत्कर्ष जंग राईको अभिनय छ भने कलाकार नेपालको युट्युब च्यानलमार्फत गीतको भिडियो छ ।

परम्परागत पारिवारिक बिषयमा महिलाले भोग्न पर्ने अपहेलित तथा यथार्थ कथालाई मार्मिक गीतको भिडियोमा पनि चित्रण गरिएको गायिका उषाले बताइन् ।

प्रतिक्रिया