कार्तिकको पारिश्रमिक ७ करोड

मुम्बई । अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बढाएका छन् । बलिउडमा चलचित्र ‘प्यार का पंचनामा’ बाट करिअर सुरुवात् गरेका आर्यनले एउटा सिनेमामा काम गरेवापत् ७ करोड भारतीय रुपियाँ लिने जनाएका छन् ।

पछिल्लो समय उनले चलचित्र ‘भूल भुलैया’ र ‘लव आजकल २’ मा काम गरिरहेका छन् । यसका साथै उनी अभिनीत ‘पति, पत्नी और वो’ डिसेम्बरमा प्रदर्शनमा आउने तयारीम छ । ‘सोनू के टीटू की स्वीटी’ को सफलतापछि आर्यनको चलचित्र क्षेत्रमा सफलता हात पारिरहेका छन् । उनले अब नयाँ चलचित्रमा काम गरेवापत् ७ करोड पारिश्रमिक लिने विचारमा गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । समाचारस्रोतका अनुसार बितेका डेढ वर्षमा उनले निकै सफल चलचित्रमा काम गरिसकेका छन् ।

प्रतिक्रिया