श्रीलंकामा राष्ट्रपति चुनाव

एजेन्सी । श्रीलंकामा शनिबार राष्ट्रपति चुनावको लागि मतदान जारी रहेको छ । विहान सात बजेबाट देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको हो ।  मतदानको क्रममा केही ठाउँमा हिंसाका घटना भएका छन् ।

बिहानै श्रीलंकामा उत्तर–पश्चिम क्षेत्रमा मतदाता बोकेको बसहरुमाथि गोली चलेको घटना आएको छ । गोलीबारीमा कसैको मृत्यु भएको खबर आएको छैन । तर प्रहरीले हमलावरले पहिले नै आक्रमणको तयारी गरेको जस्तो देखिएको बताएका छन् ।

बसहरुलाई सडकमा पहिले टायर बालेर बसेका थिए । १०० भन्दा बढी बसको उक्त लाइनमाथि आक्रमण गर्नको लागि सडक किनारामा ब्लक नै बनाइएको पाइएको छ । इस्टरको समयमा चर्चहरुमा ठूलो आक्रमण भएपछि यो देशमा पहिलो ठूलो आक्रमण हो ।

उक्त आक्रमणपछि देशमा मुसलमानहरु प्रति घृणाको वातावरण कायम छ । श्रीलंकामा मतदानको लागि १.६ करोड मतदाताको नाम दर्ता छ । उमेद्वारको कुरा गर्दा चुनावी मैदानमा अहिलेसम्मको सबैभन्दा धेरै ३५ उमेद्वार उठेका छन् ।

प्रतिक्रिया