हलमा ‘सम्हाली राख है’ र ‘मिस्टर नेपाली’

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सम्हाली राख है’ ले दर्शक राम्रो साथ पाएको निर्माण पक्षले जनाएको छ । आरएल मोक्तानले निर्देशन गरेको यो चलचित्रमा अर्जुन कुँवर, शितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, आरएल लामा, शंकर कार्कीलगायतका कलाकारको अभिनय छ ।

तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनको निर्माण गरेको यस चलचित्रका सहनिर्माता श्यामकृष्ण महर्जन हुन् । चलचित्रमा विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द्व, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।

प्रेमकथामा आधारित यस चलचित्रले समसामयिक सामाजिक विषयलाई सन्देशमुलक ढंगले प्रस्तुत गरेको निर्माता हरिकृष्ण महर्जनले बताए । निर्देशक मोक्तानकै पटकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाईं हुन् ।

यसैगरी शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर नेपाली’ को व्यापार पनि उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ । अभिनेता भुवन केसी यो चलचित्रको लेखन तथा निर्देशन देव भूषालको रहेको छ । चलचित्रमा भुवनका साथमा अभिनेता सरोज खनाल, कमलमणि नेपाल तथा रीमा विश्वकर्माको अभिनय छ ।

प्रतिक्रिया