इमान्दारहरूको जापान-२

नाम्बा सहर आउँदै गर्दा बाटो बिराइयो । एउटा जापानिज युवालाई सोधेँ, मलाई नाम्बा जाने ट्रेनस्टेसन बताइदेऊ न । त्यहीको स्थानीय भए पनि यहाँको जस्तो सबैलाई बसपार्क कहाँ छ, सिंहदरबार, पाटनढोका वा हुनमानढोका कहाँ छ भनेर सबैकुरा थाहा हुँदोरहेनछ । उसले मोबाइलमा हेर्याे अनि फलो मी भन्दै अघिअघि हिँड्दै ट्रेनस्टेसन पुर्याइदियो । कति सहयोगी भावना, कति कृपालु, फलेको हाँगो निहुरिन्छ भन्ने सत्य जापानीको संस्कृतिले देखाउँथ्यो ।

त्यसैगरी, चिया, चुरोट, चकलेट चिसो खानुप¥यो बाटोबाटोमा पसल हुन्नन्, बेच्ने मानिसहरू पनि हुन्नन् । तर, ती समानहरू सजिलै किन्न भने पाइन्छ । प्रत्येक घरका अगाडि सेल्समेसिनहरू छन्, सामानको रेट त्यही लेखिएको छ, त्यसमा थिचेर पैसा हालिदिएपछि चाहेको सामान खुत्रुक्क हातमा आउँछ । जति पैसा दिए पनि सामानको मुल्य कटाएर १ पैसा पनि बाँकी नराखी फिर्ता दिन्छ भने एकपैसा पनि कम भयो भने समान दिँदैन । जापानमा कोठा सर्नसमेत साह्रै महँगो पर्छ । सर्नुपर्दा लाखौँका फर्निचर र इक्युपमेन्टहरू बाटोमा लगेर छाड्नुपर्छ । फाल्नैपर्छ भने कम्तिमा ५ सयदेखि माथि वजनअनुसार नगरपालिकालाई पैसा तिरेर मात्र सडकमा राख्नुपर्छ ।

जुन २९ तारिख, ओशाका छोड्दै गर्दा उमेदा रेल्वेस्टेसन पुगियो । नागासाकी, हिरोसीमा, फुजी, क्योटो, नागोया, योकोहामा, टोक्यो र सपोरासम्मका मानिसलाई क्षणभरमै जोड्ने मोनोरेल र मेट्रोट्रेनको विशाल स्टेसन । जहाँ सर्पजस्ता लामा र चिल्ला प्रतिघण्टा ४ सयदेखि ५ सय किलोमिटर कुद्ने बुलेट् टे«नसमेत पाइन्छन् । तुरून्त टिकट काट्न पाइने र टिकट काटेको १० मिनेटभित्रै हिडिहाल्ने, त्यो बुलेटको मज्जै अर्को । बाहिरबाट हेर्दा सानो लाग्ने र तर भित्र पसेपछि ३-३ को सिट, हवाइजहाजकै झैँ एअरहोस्टेज (वुलेटहोस्टेज भन्ने होला) सहितको सुविधा छ । तीनवटा ठूला बसको आकारको ट्रेनको एउटा डिब्बा अनि १५÷२० वटा डिब्बाको एउटा ट्रेन ।

चढेको १० मिनेटमै दौडिहाल्यो, प्रतिघण्टा ४४० किलोमिटरको स्पिडमा । मलाई त जापानको वातावरण, जनजीवन, प्रकृति तथा मानववस्ती हेर्दै बसमा जाने इच्छा थियो, तर अन्तर्राट्रिय भिआइपीहरूको सुरक्षाको कारण जमिनबाहिर कुद्ने सार्वजनिक यातायातलाई ५ दिनका लागि ओशाका छिर्न रोक लगाइएकाले जमिनमुनि कुद्ने बुलेट् चढ्नुको उपाय थिएन । तथापि पैसा सकिन लागे पनि जीवनको अनुभूति गर्नैपर्ने हुनाले चढियो बुलेट ।

ओशाका सहरमा एकैक्षण देखापरेको सो टे«न जमिनमुनि कहाँ पस्योपस्यो । अनि करिब १५ मिनेटमा समुद्रको समथर किनारमा देखाप¥यो । त्यतिवेलासम्म हामी जापानको ग्रामीण इलाकामा पुगिसकेका थियौँ । फेरी सुरूङ पस्दै फेरी निस्कँदै, फेरी पस्दै फेरी निस्कँदै, एकोहोरो दौडिरह्यो, मानौँ हाम्रो त्यो ट्रेन समुद्रमुनिको माछोजस्तो बाहिरी हावामा स्वासप्रस्वास गर्न मात्र निस्कन्छ, अनि भित्र पस्छ, फेरी निस्कन्छ । खोंच, कुनाकन्दरा, पहाड, समुद्र, समथर जमिनमा एउटै रफ्तारमा तेजिलो छ हाम्रो बुलेट ।

सायद उनीहरूलाई नेपाल र नेपाली भनेपछि घृणा लागेर आउँछ क्यार ! बेलुका डलर साट्न भनेर बजारतिर पुगियो । सानो पसल, खातैखात परेको कागजका रिमहरू जताततै थुप्रिएका थिए । डलर कहाँ साटिन्छ भनेर सोध्दा २÷४ जनाले त्यही देखाइदिए ।मलाई त्यो कुनै छापाखाना पसलजस्तो लागेर पत्याएर लागेको थिएन । तर जबभित्र पसेर डलर दिएँ । तिनै रिममध्येबाट पसलले मलाई १०, १० हजारका केही नोटहरू दियो । हैट ! ती रिमहरू त सबै जापानिज ऐनहरू रै’छन्, खातमा खात, ¥याक भरिभरि, कसैले आँखा पनि लगाउँदैनन् । नेपालमा हो भने १ वन्डलका लागि समेत मानिसकै हत्या गरेर लुटिसकिएको हुन्थ्यो

घरी ठूलाठूला अग्ला भवनहरूलाई तल पारेर दौडिन्छ, घरी तिनका छानाछानामा त घरी ती भवनहरूको जगमुनि पसेर त कहिले ती भवनहरूको पेटलाई चिरेर उस्तै आवेगमा कुदिरहेको छ । आहा जापानिज विकास, संसारले अनुकरण गरिरहेका छन् । १०÷२० तला घरभन्दा अग्लो गरी बनाइएका सडकहरू, त्यसमाथि हाम्रो बुलेट । त्यसमुनि साना गाडीहरू कुद्ने ४ लेनका अर्को सडकहरू । त्योभन्दा मुनि ठूला बस र लहरी कुद्ने दोहोरो लेनको अर्को सडक र फेरी त्योभन्दा मुनि सामान्य गतिमा दौडने लोकल रेल कुद्ने लिकहरू । एउटा समथर जमिन आउँछ, टे«नबाहिर निस्कन्छ, जब डाँडाकाँडा आउँछ, सुरूङमा पसिहाल्छ, फेरी समथर जमिन आउँदा बाहिर निस्कछ यो बुलेट ।

क्योटो सहर कटेपछि जमिनमाथि कुद्दा भने प्रशस्त औद्योगिक सहर भेटिन्छन् । सोनी, फुजी कम्पनी, सुजुकी, टी–सुटाकी पानीजहाज कम्पनी, यामाहा मोटरलगायतका मल्टिनेसनल कम्पनीका ठूलठूला भवनहरू लहरै देखिन्छन् । ठूला उद्योगका स्टोर, कारखाना त्यसका छेवैका बस्तीहरू भने नेपाली सहरजस्ता लाग्छन् । त्यहाँका सामान्य घरहरू भने हाम्रा ठूला सहरका सेठमहाराजका विलासित कटेजजस्ता छन् । कम्पनीहरूमा काम गर्ने कालीगढहरू ती कटेजमा बस्ने गर्दछन् । कम्पनीको नजिकै त्यहाँ काम गर्ने मजदुरका बालबच्चा खेल्ने गार्डेन, फुटबल मैदान अनि स्कुलसमेत बनाइएका छन् ।

करिब २ घण्टा २० मिनेटमा हामी टोकियो पुग्यौँ । ओशाकाबाट टोकियो पुग्न डोमेस्टिक प्लेनलाई पनि २ घण्टा पच्चिस मिनेट लाग्नेछ रे’छ । त्यसो हुनाले प्लेनभन्दा हाम्रो बुलेट छिटो रहेछ । टोकियो महासहरबाट सिन्जुकी सहर पुग्न ५४० ऐन लाग्दोरहेछ । तर मैले यी मेसिनहरूलाई ढाँट्न सकिन्छ की, ढाँटे यहाँका सुरक्षाकर्मीले के गर्दा रहेछन् भनेर १८० ऐन मात्र तिरेर टिकट काटेँ । बीचको स्टेसनमा भने मलाई टिकट चेकिङ मेसिनले रोक्यो । मैले फेरी मेसिनलाई छक्याउने कोशिस गरेँ, तर पनि रोक्यो । त्यसपछि नजिकैको सुरक्षाकर्मी आएर मेरो टिकट हे¥यो । उसले अर्को मेसिनबाट जानु भनेर मेसिनमा मेरो टिकट हालिदियो, त्यसले पनि रोक्यो । त्यसपछि उसले भित्रको कम्प्युुटरमा मेरो टिकट चेक गर्दा ३६० ऐन कम भएको पायो । उसले मलाई पैसा कम भयो भनेर संकेत गर्दै सो बराबरको अर्को टिकट लिनुपर्छ भन्यो । मैले पनि ओके भन्दै मेसिनमा गएँ ।

फेरी सुरक्षाकर्मी चैं कतिका इमान्दार हुन्छन् भन्दै नगद पैसा नै उसलाई दिएँ । उसले चाहेको भए भित्रबाट स्विच थिचेर मलाई मेसिनबाट पार गराइ त्यो पैसा खल्तीमा हाल्न पनि सक्थ्यो । उसले त्यसो नगरी भित्रैको मेसिनमा मेरो पैसाले टिकट काटेर मलाई अर्को स्टेसनमा पठाउँदै धन्यवाद भन्यो । आहा ! कति इमान्दार सुरक्षाकर्मी, कति इमान्दार ती मेसिनहरू । ती मेसिन, बस र टे«नहरूलाई थाहा छ, समय गतिशील छ र त्यही गतिशीलतामा मानिस चल्नुपर्छ, मानिसले समयलाई उपयोग गर्नसक्यो भने देश उन्नत हुन्छ । त्यसैले कुनै पनि सार्वजनिक मेसिन, सवारी चालकको इच्छाअनुसार नभई उपभोक्ताको हितअनुसार चल्छन् ।

टोकियोमा मेरो बसाई सिन्जुकीको ओकुवामा थियो । मेट्रोटे«नबाट बाहिर निस्कनासाथ मलाई फेरि टिकट मेसिनले रोक्यो । मभन्दा अगाडिका स्कुले ठिटीहरूले मलाई रोकेको हेरिरहेका थिए । उनीहरूले मेरो टिकट हेर्दै पैसा कम तिरेको टिकट हुनाले रोकेको, थप पैसा तिर्नुपर्छ अनि मात्र मेसिनले बाटो दिन्छ भनेर सल्लाह दिए । मैले त्यसै गर्न खोजेँ, तर मेसिनले थप पैसा मागेन । त्यस्तो परिस्थितिमा केटीहरूले सिधै आफ्नो कार्डबाट मलाई मेसिनको बाटो खोलिदिन सक्थे ।

तर, उनीहरूले त्यसो नगरी पहिले सेक्युरिटीलाई सोध्न त्यही मेसिनको छेऊमा भएको डेस्कफोनमा बोले । कति गजव, सर्वसाधारणले कुनै पनि सूचना पाउनका लागि जताजतै सहज बनाइएको छ । मेसिनबाट कोही मानिस बोल्योे, तिम्रो कार्ड छ भनेर कार्ड देखाएर खोलिदिनु । सो अनुमति लिएर मात्र उनीहरूले आफ्नो कार्ड प्रयोग गरी मेसिनगेटबाट मलाई बाहिर निकाले । आहा, राज्य प्रणालीउपर कति बफादार नागरिक । त्यसपछि मसँग कुरा गर्दै उनीहरूले मेरो होटलसम्म पु¥याइदिए ।

सिन्जुकीको ह्याकुमीचोमा थुप्रै नेपालीहरू भेटिन्छन् । नेपाली रेस्टुरेन्टहरू पनि २÷४ वटा छन् । करिब एकहप्तापछि पाएको दालभातले नेपालको याद गरायो, पेट भरिएको महसुस भयो । साँझपख नेपालीहरू बाटैभरि भेटिए, होटलमा पनि त्यतिकै थिए । उनीहरूलाई देखेर ममा आत्मीयता जागेर आयो, अपनत्व महसुस भयो । तर उनीहरू भने मलाई देखेर मुन्टो फर्काएर, घोसेमुन्टो लगाएर तर्किए । सायद उनीहरूलाई नेपाल र नेपाली भनेपछि घृणा लागेर आउँछ क्यार ! बेलुका डलर साट्न भनेर बजारतिर पुगियो । सानो पसल, खातैखात परेको कागजका रिमहरू जताततै थुप्रिएका थिए । डलर कहाँ साटिन्छ भनेर सोध्दा २÷४ जनाले त्यही देखाइदिए ।मलाई त्यो कुनै छापाखाना पसलजस्तो लागेर पत्याएर लागेको थिएन । तर जबभित्र पसेर डलर दिएँ । तिनै रिममध्येबाट पसलले मलाई १०, १० हजारका केही नोटहरू दियो । हैट ! ती रिमहरू त सबै जापानिज ऐनहरू रै’छन्, खातमा खात, ¥याक भरिभरि, कसैले आँखा पनि लगाउँदैनन् । नेपालमा हो भने १ वन्डलका लागि समेत मानिसकै हत्या गरेर लुटिसकिएको हुन्थ्यो । त्यहाँ त एउटा पुलिस पनि छैन, एउटा युवक र युवतीले विनाहतियार विनाकुनै भय डलर, युरो, कोरियन वोन, चाइनिज युआन साट्दै ¥याक¥याकबाट पैसा निकालेर दिइरहेका छन् ।

भोलिपल्ट होटलभन्दा पारिपट्टी एउटा चोकमा राजनीतिक भाषण हुँदैै थियो । मानिसहरूको बाक्लो आवतजावत थियो । भाषण गर्ने गरिरहेका थिए, पर्चा पम्प्लेट पनि भइरहेको थियो । तर त्यो भाषणमा युवापुस्ताको कुनै चासो थिएन । मैले होटलको रिसेप्सनमा बस्ने दुईवटी ठिटीलाई सोधेँ, उनीहरूलाई मेयरको नाम पनि थाहा छैन । उनीहरूलाई केवल प्रधानमन्त्री सिन्जो आवे मात्र थाहा छ । युवापुस्तालाई न सिन्जो आवे नै मनपर्छ र नत राजनीतिमा चासो छ ।

एट्याच् बाथरूमसहितको सिंगल रूममा बस्नुभन्दा डर्मिटरी रूममा बस्नुको अनुभूतिकै फरक हुँदोरहेछ । ओशाकामा भने केटीहरूसहितको एउटै कोठामा हामी थियौँ, यहाँ भने केटा र केटीको अलगअलग रूम थियो । अनि हामी कोरिया, थाइलैण्ड, फ्रान्स, स्विडेन, पोल्यान्ड र चीनका नागरिकहरू एउटै कोठामा आ–आफ्नो देशको बारेमा सुनाउन र एकअर्काको देशका बारेमा जानकारी लिन पाउथ्यौँ ।

फस्ट जुलाई जापानका लागि अन्तिम दिन थियो, यसपल्ट । सिन्जुकीबाट निस्केर सिनागावामा मोनोरेल बदलिएपछि १५ मिनेटमा हेनेडा एअरपोर्ट पुगिन्छ । फेरी संसारभरका रंगरंगका मानिससँग साक्षात्कार हुन पाइन्छ । जानेहरू गइरहेका आउनेहरू आइरहेका, खानेहरू खाइरहेका, दौडनेहरू दौडिरहेका, बस्नेहरू बसिरहेका, समुन्द्रको छाल जतिबाहिर निस्के पनि पानीको सतह भने उस्ताको उस्तै । फकर्नेवेलामा मसँग ५÷७ सय जापानी ऐन बाँकी थियो । यसलाई उपयोग गरौँ भनेर एउटा क्याफेमा छिरेँ । केही पैसाको खानेकुरा किनेपछि अर्को सामान पनि मागे । तर, सिर्फ १ रुपैयाँ पुगेन । मैले के गरौँ त मेरो देश फर्किन लागेको, तिम्रो देशको पैसा यति नै बाँकी हो, देऊ न त भन्दासमेत १ रुपैयाँ कमी भएकाले उसले दिन मानिन । उसले भनी, सरी, हिसाबमा हामीलाई मालिकले १ रुपैयाँमा पनि समेन्ट गर्छ । हो, उनीहरू १ पैसा पनि हिसाबमा गडबढ गर्न चाहन्नन्, बेइमानहरू हावी भएको हाम्रो देशमा भने हिसाब मिलाएर हजाजै निलिदिन्छौँ ।

हेनेडाबाट सांघाई फर्किदा, एयर इतिहादकै जस्तो ३ह्४ह्३ को सबैभन्दा ठूलो प्लेन थियो । त्यत्रो सामान बोकेर चिसो टेम्प्रेचरले थिचिएको बादललाई सजिलै पार गर्दै त्यो बढेमानको प्लेन आकाशमा उड्नु विज्ञानको अभूतपूर्ण चमत्कार नै हो । माथि पुगेपछि टोकियोलाई एकफन्को मार्दै पश्चिमतर्फ समुद्रलाई मुनि पारेर ४० हजार फिटको उचाईं, माइनस ४४ डिग्री फरेनहाइटमा योकोहामा, नागोया, कोवे, हिरोसिमा, फुकुओता हुँदै कोरियालाई उत्तर छोडेर जेजु टापुको माथिबाट चीततिर लाग्ग्यो जहाज । माथि पुगेपछि थाहा भयो– हेनेडा र नारिता दुवै एयरपोर्ट समुद्रकै किनारमा रहेछन् ।

साउपाउलो, इस्तानवुल, वार्सिलोनादेखि सांघाई र ओशाकाको एअरपोर्ट पनि समुद्र सतहमै जोडिएका छन् । सायद जहाजमा आगलागी भइहाल्यो भन्यो जोगाउन सकिन्छ कि भनेर यस्ता एयरपोर्टहरू समुद्री सतहमा राखिएका होलान् । अझ आकाश खुला भयो भने माथिबाट हेर्दा समुद्रमुनि कालो रंगमा जमिन देखिन्छ, त्यसले समुद्रभित्र पनि पहाड रैछ भन्ने स्पष्ट बुझ्न सकिन्छ जसलाई क्युक्यु टे«नच भनिँदोरहेछ । माथिबाट हेर्दा पहेँलो र कालो रङको मसीले समुद्रमाथि धर्का कोरेजस्तो देखिन्छ त्यो भूभाग । त्यो टे«नच जापानबाट पुच्छर परेर ताइपेइसम्म पुगेको छ र ताइपेई छेउमै रहेको ओकिमाजुसम्म जापानको भूभाग पर्छ ।

सांघाईमा झरेपछि भने भाषाको समस्या । चिनियाँबाहेक त्यति देखिन्नन् । कुन्मिङमा जति पनि अंग्रेजी बोल्दैनन् । कुन्मिङतिर जाने पेसेन्जर पनि धेरै कम हुन्छन् । अझ त्यहाँ त अन्य एयरपोर्टजस्तो होइन, ट्रान्जिट् चेन्स गर्दा बाहिरै निस्केर सांघाईको माटोलाई टेक्न पाइन्छ । अनि हिड्दै बाहिर आएर बस चढी सांघाई सहर घुम्दै र त्यहाँको चमत्कारिक विकास हेर्दै अर्को टर्मिनल जानुपर्छ । चाहँदा त्यहीँबाट बाहिर भाग्न पनि सहजै छ । बाहिर निस्कँदा, कुन्मिङ आउने म एउटा मात्र पेसेन्जर थिएँ, म एक्लोको लागि त्यति लामो बस चलाएर अर्को टर्मिनल पु¥याउँदा भने म आफैंलाई संकोच लागेर आयो । सांघाईमा अंग्रेजीमा पेजेसेन्जर एनाउन्समेन्ट गर्नसमेत अल्छि मान्छन्, एयर स्टाफहरू । सांघाई छाड्नेवेलामा बोर्डिगगेट चेन्ज भएको रहेछ । चिनियाँ बोल्ने नयाँ गेटतिर गए । म भने भाषाका कारणले झन्डै त्यहीँ छाडिएँ ।

धेरै सस्तो कुन्मिङ । एट्याचरूम, नेपाली खाना, त्यो पनि बफे सिस्टम, अनि होटलकै गाडीमा एयरपोर्ट पिकअप र ड्रप, जम्मा दुई हजार नेपाली रुपैयाँमा मात्र । फर्कँदा भने होटलको ड्राइभरले अलि घुमाउरो र गाउँको बाटो लिएर आयो । बाटोको छेउछेउमा ओखर र आरूका खेती लहरै देखिन्थे । म चाइनिज बुझिदन्, ऊ अंग्रेजी जान्दैन । अब दुवैले दुवैलाई हेरेर हाँस्नेबाहेक अरू उपाय छैन । यसले गाउँतिर लगेर केही गर्ने पो हो की भनेर घरिघरी डर पनि लाग्थ्यो । तर उसको मुस्कानले उसलाई सज्जन घोषित गरिरहेको थियो । करिब २५ मिनेटपछि कारले एअरपोर्टको बाटो समात्यो ।

एयरपोर्ट छिर्नेवेलामा सररर चिसो हावा चलिरहेको थियो । कुन्मिङलाई मैले धेरैबेर नियाले । काठमाडौंभन्दा होचा र रातमाटे डाँडाहरूले घेरिएको समथर उपत्यका । फराकिलो एयरपोर्ट, फराकिला सडकहरू । सडकलाई पार गर्न सडकमाथि अर्का सडकहरू । त्यसलाई पनि पार गर्न झन् त्योमाथि अर्का सडकहरू । त्यतिले मात्र भएन, सबैलाई पार गर्न आकाशमा अर्को सडक । हामीले सुनेका थियौँ, घरका छानाछानामा अव त कार बस रेल पनि कुद्छन् रे ! हो, वास्तवमा त्यस्तै थियो, अग्लाअग्ला भवनलाई तल पारेर कार, बस तथा रेलहरू आकाशमा एकअर्कालाई उछिन्दै कुदिरहेका थिए । सडकै मात्र होइन, धूलोरहित सडक हराभरा सडक, कहिँकतै कहिल्यै पानी नजम्ने सडक । अनि धेरै महँगो गरी फूलैफूलले बेहुलाबेहुलीझैँ सिँगारिएको सडक ।

टर्मिनलको दुवैतिरबाट अन्तर्राष्टिय बोइङहरू एक मिनेट नसिद्धिँदै उड्छन्, अर्को मिनेट नसकिदैँ फेरि अवतरण गर्छन् । एकोहोरो हेरिरहँदा मानौ हामी सर्कसको हलमा बसेर मज्जा लिइरहेका छौँ जस्तो लाग्छ । मैले कुमिङ, सांघाईदेखि ओशाका र हेनेडा एयरपोर्टहरमा देखेँ— ठूलाठूला जहाजहरू त सडकमा मुला बेच्न राखेझै राखिएका । कति हो कति, विभिन्न रंग र आकारमा । मानौँ यी एयरपोर्टहरूमा मानिसहरू मुला किन्न आएझैँ ओइरिन्छन् । बेच्नेहरू पनि त्यतिकै छन् । किन्ने किनिरहेछन्, बेच्ने बेचिरहेछन् । मुला कहिल्यै सकिँदैन ।

कुन्मिङमा नयाँ रोवर्टले डिपाचर गेटमा आएर सवैलाई स्वागत गर्ने, हात मिलाउने, कता जानुपर्ने सोधेअनुसारको सूचना दिने प्रविधिले सवैलाई अझ आकर्षित गराउँछ । २ वटा महिला रोबर्टहरू बाहिरभित्र निस्फिक्री हिँड्दै ‘म तपाईको मद्दत गर्नसक्छु’ भन्दै नजिकै आएर उभिन्छन् । काठमाडौं बोर्डिग गेटमा समेत अर्को रोबर्टले हामीलाई त्यसैगरी हात हल्लाइहल्लाई सोधिरहेको थियो ।

कुन्मिङको गेट नं. ६९ मा विभिन्न देशबाट नेपाल आउने नेपालीको जमघट हुन्छ । त्यो जमघटले अपनत्वको विकास गराउँछ । त्यहाँभन्दा उता भने म मात्रै मेरो देशलाई प्रतिनिधित्व गरिरहेको थिएँ । बिरानो, सबै बिरानो । बिरानै भए पनि विश्वका मानिसहरू फरकफरक भूगोल, फरक भाषा संस्कृतिमा बाँधिएका भए पनि मानवता भने एकै हो, अनि विश्वलाई एक बनाउनुपर्छ भनिरहेका हुन्छन् जस्तो लाग्छ ।

जाँदा होस् या आउँदा, बादलमाथिको दुनियाँको मज्जै अर्को छ । हिमाल चढ्दा मानिसले जति गर्व गर्छ त्यतिकै आनन्दमोहक छ बादलुको संसार । अझ बादलमाथि त्यसरी नै मानव पाइतालाले टेक्दै र थुम्काथुम्कामा चढ्दै हिड्न पाए कति आनन्द हुँदो हो । बादलमाथिका अग्लाअग्ला थुम्कालाई कालो बादलका पुलहरूले जोडेको देखिन्छ । जमिनका पुलमा हामी जसरी हिँडद्छाँै त्यसरी नै ती पुलमा हिड्न पाए अर्कै मज्जा हुँदो हो । त्यो रात र आधादिन कुन्मिंङमा बिताएपछि होचा डाँडाहरूले घेरिएको समथर विशाल उपत्यकालाई नियाल्दै जुलाई २ मा फेरी नेपाल फर्र्किइयो ।

प्रतिक्रिया