‘दबंग–३’ मा ‘मुन्ना बदनाम’

मुम्बई । बलिउड अभिनेता सलमान खान चलचित्र ‘दंबग–३’ मा मुन्ना बदनाम हुने भएका छन् । चलचित्रमा समावेश ‘मुन्ना बदनाम हुआ’ बोलको गीतको अडियो रिलिज गर्दै निर्माण पक्षले यसको रहस्योद्घाटन गरेको हो । एक्सन–कमेडी यो चलचित्रको पहिलो सिक्वेलमा रहेको ‘मुन्नी बदनाम हुई’ बोलको गीत निकै चर्चित बनेको थियो ।

उक्त गीतको सफलतालाई मध्येनजर गर्दै चलचित्रको तेस्रो शृंखलामा ‘मुन्ना बदनाम हुआ’ प्रयोग गरिएको निर्माण पक्षले जिकिर गरेको छ । यस गीतमा ममता शर्मा, बादशाह र कमाल खानको स्वर रहेको छ भने संगीत साजिद वाजिदको रहेको छ ।

करिब ४.६ सेकेन्ड लामो गीतको भिडियो कहिले रिलिज गरिनेछ भन्नेमा केही खुलाइएको छैन । अहिलेसम्म उक्त चलचित्रको निर्माण टिमले आफ्ना गीतको अडियो मात्रै रिलिज गर्दै आएको छ । यस चलचित्रमा चारवटा गीत रहेका छन् । यो चलचित्र २० डिसेम्बरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया