भारतको बद्नियत

नेपाली भूभाग कालापानीलाई भारतले आफ्नो सिमानाभित्रै पारेर नयाँ राजनीतिक नक्सा जारी गरेसँगै दुई देशबीच नसुल्झिएको एउटा विवाद पुनः सतहमा आएको छ । भारतले जम्मु–कश्मीर राज्यलाई औपचारिक रूपमा दुई संघीय भूखण्डमा विभक्त गरेपछि त्यहाँको गृह मन्त्रालयले गत कार्तिक २० गते यस्तो नक्सा जारी गरेको थियो । भारतले सन् १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ । सुगौली सन्धिमा लिम्पियाधुरासमेत नेपालीमा छ । नेपालकै आधिकारिक नक्सामासमेत लिम्पियाधुरा समेटिएको छैन ।

भारतले कुटी, गुन्जी, नावी, कालापानीलगायतका ठाँउ अतिक्रमण गर्दै आएको छ । यसको साथसाथै काली नदी पूर्वको क्षेत्रलाई नेपालको भूभाग भएको सन् १८१६ मा भएको सुगौली सन्धिमा उल्लेख छ । अहिले लिपुखोलाको पश्चिमको भूभाग मात्रै नेपालको नक्सामा समेटिएको छ । हालै भारतले जारी गरेको नयाँ नक्सामा सुगौली सन्धि विपरित छ । उसले जारी गरेको नक्सामा काली नदीपूर्वको केही क्षेत्रसमेत भारतमा पारेको छ ।

अहिले काली नदीको उद्गमस्थल (काली नदीको मुहान) कुन हो ? कहाँ हो ? भत्रेमा छलफल भइरहेको छ ती अधिकारी भन्छन्, यसबारे अध्ययन टुंगिएपछि लिपुलेक विवाद सुल्झिन्छ । हाम्रो देशमा प्रधानमन्त्री भएपछि प्रत्येकले भारत भ्रमण गरेको हुन्छ । उनीहरूले सीमा विवादबारे प्रश्न उठ्छ कि उठ्दैन ? भनेर आमनागरिकले चासो राख्ने गरेका छन्

यसर्थ भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नक्सासमेत समावेश गरिएको छ र नेपाल–चीन सिमानासमेत कोर्ने प्रयास गरिएको छ । भारतीय नक्सामा पाकिस्तानलाई पनि समेटिएको छ । तर, पाकिस्तानी सरकारले यसलाई खारेज गरिएको घोषणा गरिसकेको छ । यसरी नै परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार लिपुलेक विवाद– कालीनदीको मुहान कुन हो र कहाँ हो भत्रेमा पुगेर अड्किएको छ । लिपुलेकस्थित कालीनदीको पूर्वपट्टी नेपाल र पश्चिमपट्टी भारत हो ।

तर, अहिले काली नदीको उद्गमस्थल (काली नदीको मुहान) कुन हो ? कहाँ हो ? भत्रेमा छलफल भइरहेको छ ती अधिकारी भन्छन्, यसबारे अध्ययन टुंगिएपछि लिपुलेक विवाद सुल्झिन्छ । हाम्रो देशमा प्रधानमन्त्री भएपछि प्रत्येकले भारत भ्रमण गरेको हुन्छ । उनीहरूले सीमा विवादबारे प्रश्न उठ्छ कि उठ्दैन ? भनेर आमनागरिकले चासो राख्ने गरेका छन् । तर, प्रधानमन्त्री स्तरमा कुरा भएको छ वा छैन ? भएको छ भने के भएको छ ? स्पष्ट कुनै प्रधानमन्त्रीले पनि भनेका छैनन् ।

लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ ठाउँमा विवाद छ । भारतसँग जोडिएका २६ जिल्लाहरूमध्ये २३ जिल्लामा सीमा समस्या छ । डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन् । दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ ।

त्यसमध्ये ६ सय ६ दशमलव २७ वर्गकिलोमिटर भू–भाग विवादित छ । यसको संक्षिप्त खाकाहरू तल प्रस्तुत गरिएको छ । जुन यस प्रकार छ । दार्चुलाको दुई ठाउँमा ३ सय ७०, कञ्चनपुरको आठ ठाउँमा १६ दशमलव ११, कैलालीको तीन ठाउँमा २ दशमलव ५६, बाँकेको दुई ठाउँमा शून्य दशमलव ५१, बर्दियाको चार ठाउँमा शून्य दशमलव ३१, दाङको एक ठाउँमा शून्य दशमलव २, कपिलवस्तुको एक ठाउँमा शून्य दशमलव शून्य १, चितवनको एक ठाउँमा शून्य दशमलव शून्य ४, रुपन्देहीको दुई ठाउँमा शून्य दशमलव ५५, परासीको दुई ठाउँमा १४६ दशमलव ७, पर्साको पाँच ठाउँमा २ दशमलव २७, बाराको दुई ठाउँमा शून्य दशमलव ३६, रौतहटको एक ठाउँमा शून्य दशमलव १५, सर्लाहीको दुई ठाउँमा शून्य दशमलव १२, महोत्तरीको दुई ठाउँमा शून्य दशमलव १४, सिराहाको दुई ठाउँमा शून्य दशमलव ११, सप्तरीको सात ठाउँमा १ दशमलव ४५, सुनसरीको तीन ठाउँमा शून्य दशमलव ४३, मोरङको तीन ठाउँमा शून्य दशमलव ३५, झापाको आठ ठाउँमा १ दशमलव ७४ हेक्टर, इलामको चार ठाउँमा शून्य दशमलव ८२, पाँचथरको दुई ठाउँमा ४ दशमलव १४ र ताप्लेजुङको चार ठाउँमा २० दशमलव २ वर्गकिलोमिटर गरी कुल २३ जिल्लाहरूको जम्मा जम्मी ६ सय ६ दशमलव २७ वर्गकिलोमिटर नेपालको भूमि अतिक्रमण भएको सीमा संग्राम, बुद्धिनारायण श्रेष्ठले तयार परेको पुस्तकमा उल्लेख गरिएको छ । यसको सम्पूर्ण विवरणहरू तलको तालिका उल्लेख गरिएको छ । जुन यस प्रकार छ ।

भारतले नेपालको २३ जिल्लाहरूको ७१ ठाउँहरूको भू–भागहरूमा मिचिएको तथ्यांकको तालिका यस प्रकार छ ।
सि.नं. जिल्ला ठाउँमा क्षेत्रफल(व.कि.मि.)
स्रोतः सीमा संग्राम, बुद्धिनारायण श्रेष्ठले तयार परेको पुस्तकबाट ।

समग्रमा भन्नुपर्दा छिमेकी मित्रराष्ट्र भारतले हालै प्रचलनमा ल्याएको आफ्नो देशको नयाँ नक्सामा नेपालको थप भूभाग मिचेको प्रकरणलाई लिएर बहस सुरु भएको छ । भारतले प्रचलनमा ल्याएको नयाँ नक्सामा नेपालको सीमा थप ६० किलोमिटर पूर्वतर्फ धकेलिएको छ । टिंकर खोलालाई महाकाली नदी मानेर भारतले नक्सालाई ६० किलोमिटर थप पूर्वतर्फ धकेलेको हो ।

दार्चुला जिल्लाको पश्चिमतर्फ कालापनी क्षेत्रमा भारतले नेपालको सीमा अतिक्रमण गरेको घटना नयाँ होइन । छिमेकी मुलुकसँग रहेको सीमा किचलो र अतिक्रमणले नेपालको क्षेत्रफल बारम्बार साँघुरिँदै गएको छ । भारत र चीनसँग सीमा जोडिएका ठाउँमा दुवैतर्फबाट भएको अतिक्रमणकै कारण नेपालको क्षेत्रफल घटेको सत्यतथ्य जानकारी अरू सीमाविदहरूलगायत सीमाविद् बुद्धिनारायण श्रेष्ठको पनि भनाइ रहेको छ ।

अतः कालापानीबाहेक पनि भारतसित नेपालको केही क्षेत्रमा सीमा विवाद छ । कतिपय सीमा स्तम्भहरू दुरुस्त हालतमा छैनन् । त्यसलाई यथास्थितिमा राख्न पनि हाम्रो देशले पहल गर्नुपर्छ । मुख्य कुरा कालापानीलाई जोडेर भारत र चीनले सन् २०१५ मा गरेको विवादास्पद सहमति सच्याउन लगाउनुपर्छ ।

नेपालले कूटनीतिक माध्यमबाट सम्बन्धित देशहरूलाई सन्देश दिन सक्नुपर्छ ः नेपालको अनुपस्थितिमा कुनै पनि राष्ट्रले नेपाली भूभाग प्रयोगबारे छलफल गर्न किमार्थ मिल्दैन । मुलुकहरू आकारले सानो–ठूलो हुन सक्छन्, सम्पत्ति र संसाधनले धनी–गरिब हुन सक्छन्, सामरिक र आर्थिक शक्तिले तल–माथि हुन सक्छन् तर सम्प्रभुताका दृष्टिकोणले सबै बराबर हुन् ।

दुई देशबीचको कूटनीतिक हैसियत बराबरीमा आधारित हुन्छ । त्यसैले भारत वा चीन कुनै पनि मुलुकले नेपालको सार्वभौमिकतालाई नजरअन्दाज गर्न मिल्दैन । नेपालले पनि यसप्रति हीनताबोध गर्न आवश्यक छैन, आफ्नो भूभाग सुरक्षित र संरक्षित गर्ने कूटनीतिक कौशल देखाउन सरकार, राजनीतिक पार्टीहरू, संघसंस्था, नागरिक, विद्यार्थीवर्ग सबै क्षेत्रहरूबाट देशको भू–भाग संरक्षणको लागि सबै एक ढिक्का भई लाग्नुपर्ने वेला आएको छ ।

प्रतिक्रिया