इंग्ल्यानडको रोमाञ्चक जित

एजेन्सी, लन्डन । इंग्ल्यान्डले आइतबार न्युजिल्यान्डसँगको पाँचौँ ट्वान्टी–२० क्रिकेटमा सुपर ओभरमार्पmत जित निकाल्दै पाँच खेलको शृंखला ३–२ ले आफ्नो बनाएको छ । इंग्ल्यान्डका क्रिस जोर्डनले इनिङको अन्तिम बलमा चौका प्रहार गर्दै न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य बराबरी गरेपछि खेल सुपर ओभरतर्पm ढल्किएको थियो । इंग्ल्यान्डले सुरुआती तीन विकेट गुमाएपछि जोनी बेयरस्टोले ४७ रन बनाउँदै इनिङ समालेपछि खेल सुपर ओभरसम्म पुगेको थियो । कप्तान इयोन मोर्गान १७ रनमा तेस्रो विकेटका रूपमा आउट भएपछि इंग्ल्यान्ड दबाबमा प¥यो ।

तर, बेयरस्टाले इनिङ समालेपछि उक्त खेलले चार महिना अगाडि सम्पन्न विश्वकप फाइनलको झल्को दिएको थियो । सुपर ओभरमा इंग्ल्यान्डले १८ रनको लक्ष्य दिँदा गत विश्वकपभन्दा दुई रन बढी थियो । त्यसपछि ब्याटिङ गर्न आएको न्युजिल्यान्डका टिम सेइफर्टले सुरुआती चार बलमा कुनै छक्का प्रहार गरेनन् । सुपर ओभरमा न्युजिल्यान्डले आठ रन मात्र बनाउन सक्यो । त्यसअघि वर्षाले खेल प्रभावित हुँदा २० ओभरबाट खेल ११ ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले मार्टिन गप्टिल र कोलिन मुनरोको राम्रो सुरुआत पछि ८३ रनको ओपनिङ साझेदारी ग¥यो । इडन पार्कमा भएको खेलमा गुप्टिलले १९ बलको मात्र सामना गर्दा ५ छक्का र तीन चौका प्रहार गरे । अदिल रसिदको बलमा आउट हुनुअघि गप्टिलले ५० रनको योगदान दिए । मुनरोले पनि २१ बलमा दुई चौका र चार छक्कासहित ४६ रन बनाए ।

सेइफिल्डले पनि १६ बलमा ३९ रन बनाएपछि न्युजिल्यान्डले सम्मानजनक योगफल बनायो । उनको इनिङमा पाँच छक्का र एक चौका थियो । जबाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्ड सुरुआत खासै राम्रो हुन सकेन । इंग्ल्यान्डका ओपनर टम बान्टनलाई ७ रनमै पवेलियनको बाटो देखाउँदै ट्रेन्ट बोल्टले न्युजिल्यान्डलाई पहिलो सफलता दिलाए । त्यसपछि ब्याटिङमा आएका जेम्स भिन्स पनि १ रनमै पवेलियन फर्किए । तेस्रो नम्बरमा आएका कप्तान मोर्गन पनि सस्तैमा आउट भएपछि इंग्ल्यान्डले तीन विकेट गुमाउँदा ३९ रन मात्र बनाएको थियो । तर, साम कुरानले २४ रन बनाउँदै बेयरस्टोलाई साथ दिएपछि इंग्ल्यान्ड लक्ष्यनजिक पुग्यो ।

यो जोडीले ६१ रनको साझेदारी गरेका थिए । इंग्ल्यान्ड एक समय कठिन स्थितिमा हुँदा बेयरस्टोले इस सोधीको एक ओभरमा तीन छक्का प्रहार गर्दै खेलमा पकड जमाएका थिए । तर, निर्धारित ११ ओभरको अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि १६ रन चाहियो । तथापि पहिलो तीन बलमा इंग्ल्यान्डले टम कुरानलाई गुमाउँदै तीन रन मात्र बनाएपछि न्युजिल्यान्ड जितनजिक पुगेको अनुमान थियो । त्यससँगै इंग्ल्यान्डलाई अन्तिम ३ बलमा १३ रन आवश्यक रह्यो । तर, क्रिस जोर्डनले समान १÷१ छक्का र चौका हिर्काउँदै इंग्ल्यान्डलाई लक्ष्यमा बराबरी गराउँदै खेल सुपर ओभरतर्पm धकेले । सुपर ओभरमा पनि इंग्ल्यान्ड सफल हुँदै शृंखला आफ्नो बनायो ।

प्रतिक्रिया