सबै सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्री ओलीले दिए निर्देशन

काठमाडौँ । सबै सल्लाहकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिएका छन् ।  ग्रान्डी अस्पतालमा २४ घण्टामा दुईपटक डायलासिस गरेर बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीले फरक ढंगले काम अघि बढाउन चाहेको स्रोतले जनाएको छ ।

निर्देशन सुनेका एक सल्लाहकारले प्रधानमन्त्रीको सजिलोका लागि सबैले राजीनामा दिने विषयमा कुरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया