चर्चित बन्दै गायक खत्रीको ‘झरनाको पानी’

काठमाडौँ । लोकदोहोरी गायक बिष्णु खत्रीको सांगीतिक कोसेली ‘झरनाको पानी’ बजारमा आएको छ । गायक खत्रीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै क्रमबद्ध रुपमा दर्शक स्रोताको रोजाइमा पनि परेको छ ।

उनको आफ्नै शब्द लेखन र संगीत भरेको गीतमा गायिका मिना लामाले आवाजमा गायक खत्रीलाई साथ दिएकी छन् । निर्देशक शिव बिकले उक्त गीतको भिडियोमा निर्देशन गरेका छन् भने अरुण अशोक कुमारले खिचेका हुन् ।

त्यस्तै बिकाश ज्ञवालिले सम्पादन गरेको भिडियोमा आयुष रिजाल र अनु शाहले अभिनय गरेका छन् । बदलिँदो प्रतिकुल मौसम र देशको भौगोलिक परिवेशलाई गीतमा उतारेको गायक खत्रीले जानकारी दिए । लामो समयदेखि गीत संगीतमा सक्रिय रहेका गायक बिष्णु खत्रीले जनताका हितमासमेत विभिन्न गीत गाएका छन् ।

प्रतिक्रिया