खोजखबर

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

सौर्य अनलाइन २०७६ कार्तिक २३ गते १५:३३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा आउँदो मंगलबार बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउँदै छन् । हमिद तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल बसाईका क्रममा उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय