काठमाडौँमा श्री एयर र यती एयरको जहाज ठोक्‍कियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयर र यती एयरका दुईवटा जहाज एकआपसमा ठोक्‍किएको छ । पार्किङ गरेर राखेको यती एयरलाई श्री एयरले छुँदा घटना भएको हो ।

घटनामा मानवीय क्षति भने भएको छैन ।विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजसँग ठोक्‍किएको जानकारी दिए ।

प्रतिक्रिया