रंग‍-विविध

‘आशुँ बेच्ने शहर’ मा सारिका र ओम

सौर्य अनलाइन २०७६ कार्तिक २२ गते १५:५८ मा प्रकाशित

काठमाडौँ । गायिका धना परियार र गायक डिजे प्रज्वल को स्वरमा लोकदोहोरी गीत ‘आशुँ बेच्ने शहर’ सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको मायालु प्रेमको बास्तविक भोगाईलाई समेटेर तयार गरिएको उक्त गीतको भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनको विरही भावलाई गीतमा समेटिएको छ । गतिमा डिजे प्रज्वलको शब्द सिर्जना तथा संगीत रहेको छ ।

गीतको भिडियोमा बविता श्रेष्ठको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन रहनुका साथै राजेश कुमारले सम्पादन गरेका हुन् । त्यसैगरी भिडियोमा सारिका केसी र ओम छिनालले अभिनय गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय