खोजखबर

वडा सदस्य मृत भेट्टिए

सौर्य अनलाइन २०७६ कार्तिक २२ गते १३:१४ मा प्रकाशित

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिएका छन् ।पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय