प्रेम, विवाह र ब्रह्मकुमारको विषयमा लेनिनको धारणा

विश्व कम्युनिस्ट आन्दोलनका महान नेता क. लेनिनले प्रेम, विवाह र यौनको विषयमा महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको छ । उहाँको प्रेम, यौन र विवाह सम्बन्धी धारणाले पुँजीवादी वर्गको प्रेम, यौन र विवाहको विषयको गलत, उच्छृंखल धारणालाई चोटिलो प्रहार गरेको छ भने सर्वहारा वर्गलाई उचित मार्गदर्शन प्रदान गरेको छ । लेनिनको प्रेम, यौन र विवाह सम्बन्धी धारणालाई तपाई पाठकहरू (विशेषतः युवा पाठक) समक्ष जानकारी दिने अभिलाषा बोकेर यो लेख तयार पार्ने जमर्काे गरिएको छ ।

लोग्ने मानिस र स्वास्नी मानिसबीचको मुक्त प्रेमको विषयमा लेनिनले गम्भीर विचार राख्नुभएको छ । सर्वहारा वर्गका अनुयायीहरूलाई मिठो सन्देश दिनुभएको छ । प्रेममा गम्भिरताबाट फुक्का हुने,सन्तान जन्माउने कुराबाट फुक्का हुने, अरूको लोग्ने वा अरूकी स्वास्नीसँग सम्भोग गर्न फुक्का हुने जस्ता कुरालाई पुँजीवादी मान्यता मान्नु हुन्छ लेनिन । सर्वहरा वर्गको प्रेम त भैतिक (आर्थिक ) जाल र छलकपट बाट फुक्का हुनु, बाबुको रोकतोक र करकाप आदिबाट फुक्का हुनु र कानुन, अदालत तथा पुुलिसको पन्जाबाट फुक्क हुनु पर्दछ भन्ने धारणा राख्नुहुन्छ लेनिन । लेनिन सर्वहारा वर्गको पे्रम अत्यन्तै स्वच्छ हुनुपर्दछ, भन्ने कुरामा विश्वास राख्नु हुन्छ ।

वास्तवमा प्रेम, विवाह र यौनको विषयमा कम्युनिस्टहरू ज्यादै नै संवेदनशील हुन्छन् । विश्व सर्वहारा वर्गका महान नेता लेनिनका प्रेम यौन र विवाहसम्बन्धी धारणाले हामी युवाहरूको साथै समस्त मानव जगतलाई ठूलो शिक्षा दिएको छ

कम्युनिस्ट आन्दोलनमा लागेका युवायुवतीले यौन समस्या र विवाहका कुरालाई मात्र मान्यता दिनु उदेकलाग्दो कुरा हो । अश्लिल साहित्य र वाहियातका पुस्तकहरूलाई रुचीका साथ पढ्नु अत्यन्तै खराब लत हो भन्ने कुरा लेनिन बताउनुहुन्छ । फ्रायडद्वारा प्रतिपादित यौन सिद्धान्तलाई विचार भनेर पछि लाग्नु पुँजीवादी यौन साहित्यको पछि लाग्नु हो । कुरै नबुझी, विना रस यौन समस्याहरूमा डुबुल्की मार्नु घृणित कार्य हो । हामी सर्वहारा वर्गका हिमायतीहरू, कम्युनिस्ट आन्दोलनका कार्यकर्ताहरू यौन समस्या र वैवाहिक प्रश्नबारे विचार र छलफल गर्दा पनि ससंगत, प्रमाणित, ऐतिहासिक भौतिकवादको दृष्टिबाट नै गर्नु पर्दछ भनेर लेनिन बताउनुहुन्छ ।

पुँजीवादी दृष्टिकोणबाट यौन समस्या बारेमा लेखिएका रचनाहरूको आलोचना गर्नुपर्दछ, तिनीहरूको भावनालाई मान्यता दिनु हुँदैन भनेर लेनिन सिकाउनु हुन्छ । त्यसको बदला माक्र्सवादी दर्शन अनुरूपको यौन विषयमा हामीले दखल हासिल गर्नुपर्दछ । हामी कम्युनिस्टहरू यौन विषयमा मात्र केन्द्रित बन्नु हुँदैन । यौन गौण विषय हो, प्रधान विषय होइन, प्रधान त हाम्रो कर्म र सिद्धान्त हो भनेर लेनिन बताउनुहुन्छ । जीवनभर ब्रह्मकुमार बस्ने कुरालाई पनि उचित कदम भएको कुरा भनेर लेनिन स्वीकार्नु हुन्छ ।

श्रमजीवी युवा युवतीले आफ्नो सारा ध्यान सर्वहारा क्रान्तिपट्टी लगाउनु पर्दछ र यसभित्र नै विवाह र यौनका कुराहरू पर्दछन् । अझ विश्व सर्वहरा वर्गका लागि अग्रज दस्ता युवा वर्गले यौनलाई नै प्रधान विषय बनाएर आफ्नो क्रियाकलाप अर्थात् बहसहरू गर्नु आपत्तिजनक कुराहरू हुन्, यौनका विषयमा मात्रै कुराहरू गर्नु एउटा रोग नै हो । यस विषयमा युवा वर्ग सचेत बन्नु पर्दछ ।

यौनका विषयमा मात्र चाख दिनुले युवा वर्गमा कामुकता बढाउँदछ, यौन जीवनलाई उत्तेजित बनाउँदछ र युवाहरूको स्वास्थ्य र बललाई पनि घटाउँदछ, जसले कम्युनिस्ट आन्दोलनलाई प्रतिकुल असर पार्दछ । युवाहरू युवती साथीसँग मिलेर काम गर्नु पर्दछ । तन्नेरीहरूलाई जीवनको आनन्द र खुसी चाहिने भएकोले स्वास्थ्यलाई फाइदा गर्ने खेल, कसरत, पौडी, डुलाफिर र थरिथरिका बौद्धिक चाखहरू बढाउने काम गर्नु पर्दछ । यसले युवा वर्गलाई अत्यन्तै फाइदा पु¥याउँदछ ।

विवाहमा स्वतन्त्रता हुनुपर्दछ । अर्थात् कसैको करकापविना आफ्नो राजी खुसीबाट आफुले नै रोजेर विवाह गर्न पाउनुपर्दछ भन्ने धाराणा राख्नु हुन्छ लेलिन । पुँजीवादी समाजमा प्रेम, यौन र विवाहजस्ता विषयमा छाडा, पाखण्डीपन देखिनुको साथै कथित बहुविवाहलाई मान्यता दिने प्रचलन छ तर यससलाई हटाई एउटै विचार, सिद्धान्त भावना आधारित प्रेम विवाह सम्बन्ध कायम गरी सर्वहरा नैतिककताको विकास गर्नु पर्दछ । वास्तवमा प्रेम, विवाह र यौनको विषयमा कम्युनिस्टहरू ज्यादै नै संवेदनशील हुन्छन् । विश्व सर्वहरा वर्गका महान नेता लेनिनका प्रेम यौन र विवाहसम्बन्धी धारणाले हामी युवाहरूको साथै समस्त मानव जगत्लाई ठूलो शिक्षा दिएको छ ।

प्रतिक्रिया