चिकित्सा शिक्षा संघर्ष समितिद्धारा डीन कार्यालय घेराउ

काठमाडौँ । सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजविरुद्ध आन्दोलन गरिरहेको मेडिकल विद्यार्थीहरुको समूह चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीन कार्यालय परिसरमा प्रदर्शन गरेको छ ।

विहिबार विहान साढे ११ बजेदेखि विद्यार्थीहरुले डीन कार्यालय परिषरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने, ती कलेजको सम्वन्धन खारेज गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको उक्त प्रदर्शनमा विद्यार्थीहरुले आइओएमका पदाधिकारीहरु मेडिकल कलेज माफियासँग डराएको आरोप समेत लगाए । पछिल्लो समय गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज तथा युनिभर्सल मेडिकल कलेज लगायतमा विद्यार्थीहरुले बढी शुल्क लिएको भन्दै कलेजविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया