दिल्ली वायु प्रदूषणको असर नेपालमा पनि

केही समयदेखि भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा समेत देखापरेको छ । उक्त विषाक्त हावा र त्यसबाट निस्कने धुलोका साना कणबाट जोगिन सुरक्षित प्रकारको मास्क लगाउन वातावरण विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ । सामान्य खालका माक्सले उक्त प्रदूषण रोक्न नसक्ने उनीहरूको सुझाव छ ।

विज्ञहरूका अनुसार भारतको राजधानी दिल्लीको वायू प्रदूषण खतरनाक स्तरमा पुगेको छ । त्यसबाट बच्न र सावधानी अपनाउन दिल्ली सरकार र सरोकारवालाहरूले नागरिकलाई सचेत रहन भनेका छन् । कति पय स्थानमा सोबाट बच्न माक्स समेत वितरण गरिएको छ र विद्यालयको पठन पाठन बन्द गरिएको छ ।

दिल्लीमा देखिएको उक्त प्रदूषणले नेपालको राजधानी काठमाडौंभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको देखिएको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले बताएका छन् । प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको छ । राष्ट्रिय मापदण्डअनुसार पीएम २ दशमलव ५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ ।

हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १ सय ९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा १ सय १५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १ सय ९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ

उता दिल्लीमा भने वायु प्रदूषण बढेपछि ठाउँ–ठाउँमा उच्च स्तरको लाखौँ मास्क वितरण गरिएको छ । तर, नेपालमा त्यसको असर पर्ने भएकाले सचेत रहन भनिए पनि सरकारी वा कुनै पनि अन्य निकायले माक्स वा प्रदूषण नियन्त्रण गर्ने कुनै पनी बस्तु वितरण गरेको छैन । सचेत रहन सूचित मात्रै गरिएको छ ।

दिल्लीमा देखिएको वायुको प्रभाव नेपालको सौराहा, लुम्बिनी, नेपालगञ्ज र काठमाडौंमा मापदण्डभन्दा निकै धेरै विषाक्त कण हावामा पाइएको विभागले जनाएको छ । त्यसैले पनि उक्त विषाक्त कणबाट बच्न सर्वसाधारणलाई आग्रह गरिएको हो । कतिले यो बढन सक्ने समेत भनेका छन् ।

हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १ सय ९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा १ सय १५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १ सय ९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ ।

यता राजधानी काठमाडौंमा भने तराईका जिल्लामा भन्दा तुलनात्मक रूपमा कम अर्थात् रत्नपार्कमा गरिएको रेकर्ड अनुसार १ सय ३३ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ । ‘मापन गरिएका यी क्षेत्रमा हेर्दा मापदण्डभन्दा एकदमै उच्च भएको देखाएको छ,’ लामिछानेले भने, ‘तराईमा प्रदूषणका घरेलु स्रोत हेर्दा भारतबाट आएको भन्न सकिने अवस्था छ ।’

यस्ता मसिना कणबाट जोगिनका लागि सामान्य खालको मास्कको प्रयोगले नहुने जानकारहरू बताउँछन् । त्यसका लागि एन ९५ र एन ९९ भनिने उच्च प्रकारको मास्क नै लगाउनुपर्ने लामिछाने बताउँछन् । त्यसले मात्रै ती मसिना कणबाट जोगिन सकिने उनको तर्क छ । दिल्लीमा भने प्रदूषण औसत ८ सय माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी पुगेको छ । त्यसैले पनि त्यहाँको सरकार र विभिन्न निकायले माक्स वितरण गर्नुका साथै चेतना फैलाउने काम गरेका छन् ।

विषाक्त हावाको प्रभाव कम गर्न भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । यो त्यहाँको लागि केही विकल्प हुनसक्ने उनीहरूको बुझाइ छ । यसले मान्छेको चाप कम हुने र सवारीसाधनबाट निस्कने प्रदूषण पनि कम हुने ठानिएको छ ।

विषाक्त हावाको प्रभाव बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन अनुरोध गरेको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले सहरवासीहरूलाई बिहान र साँझको समयमा घर बाहिर गरिने काम नगर्न अनुरोध गरेका छन् । उनले सकेसम्म घर भित्रै बसेर विषाक्त हावाबाट बच्न सुझाव दिएका छन् ।

प्रदूषणकै कारण हालसम्म ३० वटा विमानलाई दिल्लीमा अवतरण गर्न नदिएर अन्यत्र पठाइएको छ । यसै गरी त्यहाँ हुँदै आएको नियमित निर्माणका काम पनि ठप्प भएका छन् । अधिकारीहरूका अनुसार दिल्लीको प्रदूषणको स्तर चीनको राजधानी बेइजिङभन्दा सात गुणा बढी छ । गत शुक्रवार मात्रै सरकारले विद्यालयहरूमा ५० लाख मास्क वितरण गरेको थियो ।

यता नेपालमा भने प्रदूषणको प्रभाव पर्ने भनिए पनि सर्वसाधारणलाई त्यसबाट बच्ने उपाएका बारेमा चेतना जगाउने वा माक्स वितरण गर्ने जस्ता कुनै पनि काम गरेको पाइएको छैन । अझै सबैले थाहा पाउने र बुझने गरी त्यसबारेमा प्रचार प्रसार भएको छैन ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रदूषणको स्तर असह्य भएको बताउँदै सर्वसारधारणलाई विषाक्त हावाको प्रभावबाट बच्नका लागि सरकारले जारी गरेको सुझावको पालना गर्न अनुरोध गरेका छन् । मुख्यमन्त्री केजरीवालले त्यहाँको तुवाँलोको कारण दिल्लीलाई ‘ग्याँस च्याम्बर’ भनेका छन् ।

केजरिवालले संघीय सरकारलाई हाल उत्पन्न परिस्थितिसँग जुझ्नका लागि सहयोग गर्न समेत अनुरोध गरेका छन् । उनको भनाइ र अवस्था देख्दा दिल्लीका बासिन्दा यतिबेला विषक्त हावासँग चुनौती गरि रहेका छन् ।

बीबीसीकी दक्षिण एसिया क्षेत्रकी सम्पादक जिल म्याकगिभरिङका अनुसार केजरिवालका पछिल्ला भनाइले सरकारी अधिकारीहरूलाई सन्तुष्ट बनाउने छैन र हालको समयमा भारतीय राजनीतिज्ञहरू एकअर्कामा दोषारोपण गर्नमा व्यस्त छन् । तर दिल्लीमा विरोध प्रदर्शनमा उत्रेका मानिसहरूले वायु प्रदूषण नियन्त्रण गर्न दीर्घकालीन उपाय खोज्न राजनीतिक इच्छाशक्ति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले त्यसको दीर्धकालीन समाधान खोजिनु पर्ने बताएका छन् ।

आइतबार दिल्लीमा युवाहरूको समूहले समस्या समाधानका लागि सरकार अग्रसर हुनुपर्ने माग राख्दै विरोध जनाएको थियो । आसपासका राज्यमा खेतबारीमा काटिएका बालीका पराल जलाएर नष्ट गरिएकाले वायु विषाक्त भएको सरकारी अधिकारीहरूले बताएका छन् । (बिबिसिको सहयोगमा)

प्रतिक्रिया