छ महिनामै १४ हिमाल आरोहणः विश्वभर चर्चा

अन्नपूर्ण क्षेत्रले पदयात्रामा विश्वलाई नै मन्त्रमुग्ध पार्दछ । अन्नपूर्ण वेस क्याम्प (एबीसी)बाट ३६० डिग्रीको कोणमा देखिने हिमालहरू साहै्र लोभलाग्दा छन् । माउरिस हर्जोग नेतृत्वको फ्रान्सेली टिमले ८,०९१ मिटर अग्लो अन्नपूर्ण सन् १९५० मा चढेका थिए । आठ हजार मिटर अग्ला हिमालको पहिलो सफल आरोहण त्यो नै हो । त्यसको तीन वर्षपछि मात्रै तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । अन्नपूर्णको आरोहणलाई मृत्युसँग पनि दाँजिन्छ । अन्नपूर्ण आरोहणमा हर्जोगसहित १९१ जनाले सफलता पाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएर चितवनको रत्ननगरमा हुर्किएका निर्मल पूर्जा मगरले सन् २०१७ मा १० घण्टा १५ मिनेटभित्रै सगरमाथा र ल्होत्सेको आरोहण गरे । त्यसको पाँच दिनभित्रै मकालु चढ्दा पनि थकान महसुस गरेनन् । त्यसैले उनले एउटा निक्कै महत्वाकांक्षी सपना देखे, ८ हजार मिटर अग्ला सबै १४ हिमाल आरोहण गर्ने त्यो पनि ७ महिनामा तर ६ महिना ६ दिनमा पूरा गरे ।

आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने पहिलो व्यक्ति इटालियन पर्वतारोही रेनोल्ड मेसनर हुन्, जसले १६ वर्ष लगाएर त्यो अभियान १९८६ मा पूरा गरे । त्यसको अर्को वर्ष पोल्यान्डका जर्जी कुकुडका पनि ‘एट थाउजन्डर्स’ बने । अक्सिजन सिलिन्डर प्रयोग गरेका उनले ७ वर्ष ११ महिना १४ दिन लगाए । २०१३ मा दक्षिण कोरियाली किम चाङ हो ले उनको रेकर्डलाई सात वर्ष १० महिना ६ दिनमा छोट्याइदिए ।

निर्मल शारीरिकरूपमा निक्कै बलिया छन् । यसमा लाहुरे भर्ती र व्रिटिस स्पेसल फोर्सको योगदान मान्छन् उनी । आँटिला भएर पनि हुनसक्छ, उनलाई धेरैले घमण्डी भन्छन् । पर्वतारोहण नसा जस्तै मान्नुपर्छ । ज्यानको जोखिम भएको थाहा पाएर पनि पर्वतारोहीहरू हिमालतिरै पाइला चालिरहन्छन्

निर्मल पुर्जाले अन्नपूर्ण ८,०९१ मि. २०१९ अप्रिल २३, धौलागिरी ८,१६७ मि.मे १२, कञ्चनजंगा ८,५८६ मि.मे १५, सगरमाथा ८,८४८ मि. मे २२, ल्होत्से ८,५१६ मि.मे २२, मकालु ८,४८१ मि.मे २४, नांगा पर्वत ८,१२६ मि. जुलाई ३, गोसेरब्रुमु पहिलो ८,०८० मि. जुलाई १५, गोसेर ब्रुम दोस्रो ८,०३५ मि.जुलाई १८, केटु ८,६११ मि.जुलाई २४, ब्रोडपिक ८,०५१ मि.जुलाई २६, चो यु ८,१८८ मि.सेप्टेम्बर २२, मनास्लु ८,१६३ मि.सेप्टेम्बर २७, सिसापाङमा ८,०२७ मि अक्टोबर २९ मा सफल आरोहण गरी ६ महिना ६ दिनमा पूरा गरेका छन् । आमा पूर्णकुमारी र माइली भाउजु कुलमाया निर्मललाई लिन २०७६ कार्तिक १३ का दिन सिसापाङमा हिमालको वेसक्याम्पमै पुगेका थिए । माइला दाजु जितले भने– ‘बेलायती सेनामा सबैभन्दा बढी तलब खाने गोर्खामध्येका भाइको जागिर छोडेर हिमाल चढ्ने निर्णयले हामी अकमकिएका थियौँ तर, उसले विश्व रेकर्ड तोडेको खबरले औधी खुसी छौँ ।’

निर्मलको जन्मस्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना गाउँ हो । उनी नन्दबहादुर र पूर्णकुमारीको कान्छा पुत्र हुन् । जेठा दाजु गंगा र साइँला कमल पनि बेलायती सेनाका लाहुरे हुन् । माइला जीत पुख्र्याैली थलो दानाको ज्ञानप्रकाश माविका शिक्षक छन् । दिदी अनिता अष्टे«लियामा डाक्टर छिन् । निर्मलकी पत्नी सूची बेलायतमै बसोबास गर्छिन् । निर्मलले हिमाल आरोहण अघि भनेका थिए– ‘मैले पाँच लाख पाउन्ड पेन्सन गुमाएर आरोहणमा लाग्ने निधो गरेको हुँ ।

निर्मलले सात महिनाभित्र आठ हजार अग्ला सबै हिमाल चढ्ने घोषणा गर्दा सबैले शंका गरेका थिए । असम्भव भनेका थिए । उनकै क्षमतालाई लिएर विश्वास गरिएको थिएन । आठ हजार मिटर अग्ला १४ हिमाल सबभन्दा चाँडै चढ्ने रेकर्ड नै बनाए । त्यस क्रममा आरोहणकै अरू ६ रेकर्ड पनि कायम गरे । तीनवटा गिनिज वल्र्ड रेकर्ड बनाए । नेपाल पर्यटन वर्ष २०२० अघि उनको सफलतालाई ठूलो उपलब्धिको रूपमा लिइएको छ

आर्मीमा मेरो राम्रो तलब सुविधा (मासिक ६ लाख रुपैयाँ) थियो, तर नेपाल, नेपाली र सम्पूर्ण मानव जातिको प्रतिष्ठा उचो बनाउने प्रोजेक्ट पोसिवल १४दशमलव ७ को महत्वाकांक्षी योजना बनाएँ । म कुनै रिकर्ड बनाउन आरोहण गरिरहेको होइन, मानवको क्षमता देखाउन चाहन्छु । मेरो प्रतिस्पर्धी म सँगै हो । म्याग्दीको सानो गाउँमा जन्मिएको थिएँ । म यो सावित गर्न चाहन्छु कि पृष्ठभूमिले कुनै फरक पर्दैन । सोचाई सही छ भने असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ ।’ निर्मलले प्रोजेक्ट पोशिवलमा हिमालतिर लाग्नुअघि नै वीवीसी, स्काई न्यूज, सीएनएन, एवीसी, एएफपी, एपी, रोयटर्सलगायत चर्चित मिडियालाई अन्तर्वार्ता दिइसकेका थिए ।

निर्मल शारीरिकरूपमा निक्कै बलिया छन् । यसमा लाहुरे भर्ती र व्रिटिस स्पेसल फोर्सको योगदान मान्छन् उनी । आँटिला भएर पनि हुनसक्छ, उनलाई धेरैले घमण्डी भन्छन् । पर्वतारोहण नसा जस्तै मान्नुपर्छ । ज्यानको जोखिम भएको थाहा पाएर पनि पर्वतारोहीहरू हिमालतिरै पाइला चालिरहन्छन् । पर्वतारोहण एउटा टिम–वर्क पनि हो । टिमवर्क राम्रो भयो । पहिला हिमालमा काम गर्ने जनशक्ति थिएन । एउटै हिमाल चढ्न दुई महिना लाग्थ्यो । हरेक हिमालमा निर्मल पुग्दा सबै तयार भइसकेको हुन्थ्यो । उनको काम जाने र चढ्ने थियो ।

निर्मलको सफलता विश्व पर्वतारोहणकै लागि अत्यन्तै ठूलो उपलब्धि हो । नेपालको पर्वतारोहण र पर्यटनका लागि कोशेढुंगा हो । निर्मलले सात महिनाभित्र आठ हजार अग्ला सबै हिमाल चढ्ने घोषणा गर्दा सबैले शंका गरेका थिए । असम्भव भनेका थिए । उनकै क्षमतालाई लिएर विश्वास गरिएको थिएन । आठ हजार मिटर अग्ला १४ हिमाल सबभन्दा चाँडै चढ्ने रेकर्ड नै बनाए । त्यस क्रममा आरोहणकै अरू ६ रेकर्ड पनि कायम गरे । तीनवटा गिनिज वल्र्ड रेकर्ड बनाए । नेपाल पर्यटन वर्ष २०२० अघि उनको सफलतालाई ठूलो उपलब्धिको रूपमा लिइएको छ ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले भने– ‘निर्मल पुर्जा राम्रो आरोही हुन् । यो अहिलेसम्मकै उल्लेख्य रेकर्ड हो । यसको विश्वभर हलचल हुनेछ, चर्चा हुनेछ । यसले नेपालको पर्वतारोहण र पर्यटनलाई विश्वभर व्यापक बनाउन ठूलो भूमिका खेल्ने छ ।’ निर्मललाई हाम्रो पनि शुभकामना !

प्रतिक्रिया