मेडिकल कलेजका विद्यार्थीद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । मेडिकल विद्यार्थीहरुले मंगलबार माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् । मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

मेडिकल कलेजहरुले लिएको बढी शुल्क तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै उनीहरु लगातार आन्दोलनमा छन् । कलेज सञ्चालकले शुल्क फिर्ता गर्नुको सट्टा उल्टै डर, त्रास भय देखाई आन्दोलन दमन गर्न खोजेको उनीहरुको आरोप छ ।

शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै देशभरका मेडिकल कलेजका विद्यार्थीहरु यतिखेर काठमाडौँ आएका छन् । अबको आन्दोलन काठमाडौँ केन्द्रित हुने र माग पूरा नभए सम्म जारी रहने पनि उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया