पूर्वसभामुख महरा डिल्लीबजार कारागार चलान

काठमाडौँ । संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेर पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँले मथुनामा राख्न आदेश दिएको छ । अदालतको उक्त पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनलाई सोमबार थुनछेक बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। सो थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार महरालाई कारागार चलान गरिएको हो ।

जिल्ला अदालतको एक नम्बर इजलासमा बन्द इजलास गठन गरी बहस सुरु भएको थियो । थुनछेक बहसका क्रममा महरामाथि आरोप लगाउने रोशनी शाही पनि अदालत पुगेकी थिइन्।

प्रतिक्रिया