सैनिक ब्यारेकमा आक्रमण, ५३ सिपाही मारिए

माली । मालीको सैनिक अड्डामा आक्रमण हुँदा कम्तिमा ५३ जना सिपाही मारिएका छन् । साथै एक सर्वसाधारण नागरिकको मृत्यु भएको छ । मालीको उत्तर–पूर्वी सीमा निगर नजिकै मेनका क्षेत्रमा रहेको सैनिक ब्यारेकमा हमला भएको यहाँको सञ्चार मन्त्रालयले जनाएको छ । मृतकको पहिचान र पोष्टमार्टमको काम भइरहेको पनि बताइएको छ । साथै अहिले त्यहाँको अवस्था नियन्त्रणमा रहेको सरकारी अधिकारीले जनाएका छन् ।

अलजजिराका अनुसार आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । बुर्किना फासोको सीमा नजिकै ४० जनाको ज्यान जाने गरी दुई आक्रमण भएको एक महिनामै यस्तो हमला भएको हो । मालीको उत्तरी क्षेत्र अल क्वायदा सम्बद्ध लडाकु समूहको नियन्त्रणमा रहेको बताइन्छ । एजेन्सी

प्रतिक्रिया