झापामा ‘घरजम’

झापा । बिर्तामोड र दमकमा नेपाली कथानक चलचित्र ‘घरजम’ को विशेष प्रदर्शन भएको छ । मौसम इम्बुङले निर्देशन गरेको यो चलचित्र रोमियो फिल्म प्रालिको ब्यानरमा बनेको हो । ‘घरजम’ २ कात्तिकमा दमक र ५ कात्तिकमा बिर्तामोडमा प्रदर्शन भएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक इम्बुङका अनुसार दुवै स्थानको प्रदर्शनीमा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । उनले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिँदै नेपाली दर्शकले क्रिटिकल रूपमा नेपाली चलचित्र हेर्न थालेको अनुभव गरेको सुनाए । उनले भने, ‘चलचित्रबारे नेपाली दर्शकमा राम्रो चेतना विकास भएको पाएँ । नेपाली दर्शकलाई केही जाँदैनन् भन्ने मनोभावले चलचित्र निर्माण गर्न नहुने अनुभव भएको छ ।’

चलचित्र हलमा आउनुअघि नै विशेष प्रदर्शनीसँगै चलचित्र युनिटले स्थानीय स्तरमा यसका बारेमा समीक्षात्मक कार्यक्रमसमेत गर्दै आएको छ । पूर्वका विभिन्न क्षेत्रमा विशेष प्रदर्शनको क्रममा रहेको यो चलचित्र छिट्टै झापाकै धुलाबारी, भद्रपुर र सुनसरीको धरानमा समेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया