पत्नीको शव लैजाँदै गर्दा पतिको मृत्यु

काभ्रे । पत्नीको दाहसंस्कार गर्न पन्तीको शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पतिको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको जानकारीअनुसार बिरामी पत्नीलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेपछि सोही एम्बुलेन्समा लास राखी घर लैजाने क्रममा एम्बुलेन्स दुर्घटना भई घाइते भएका पतिको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिरहा जिल्ला कर्जनाह नगरपालिका–७ घर भएकी ६० वर्षीय गंगीयादेवी साह मुटुसम्बन्धी रोगको बिरामी भई उपचारका लागि स१च ११९१ नम्बरको एम्बुलेन्समा काठमाडौं ल्याइएको थियो । मंगलबार काठमाडौंस्थित सहिद गंगालाल हृदयरोग उपचार केन्द्र बाँसबारीमा पु¥याउँदा अस्पतालको डाक्टरले मृत घोषणा गरेको थियो । गंगादेवीको मृत शरीर सोही एम्बुलेन्समा राखी गंगीयादेवीका पतीसहित पाँच जना घरतर्फ बिपी राजमार्ग हुदै फर्किरहेको थियो । फर्कने क्रममा बिपी राजमार्गअन्र्तगत नमोबुद्ध नगरपालिका–५ लासकोटमा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा मृतक गंगीयादेवीका पति ७२ वर्षीय सोभित साहसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएको थियो । साहको थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा लगिएकोमा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरूको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्सको चालक देवराज श्रेष्ठ भने उपचारपछि डिस्र्चाज भई जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसन्धानका लागि राखिएको जनाएकोे छ । घाइते निलु शाहका अनुसार एम्बुलेन्स चालकले मदिरा सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना भएको आशंका गरेका छन् ।

प्रतिक्रिया