ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

सिरहा । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ठूलो परिमाणमा बरामद गरिएको अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सीतापुर, देबारीका विभिन्न ६ वटा स्थानबाट बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, पत्रकारको रोहवरमा बुधबार नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत इलाकाको खास गरी लहान, सीतापुर, महेसबारी, ठाडी, भोटियाटोल लगायतका स्थानमा मदिरा बरामद गरेको थियो ।

प्रहरीले गत २४ असोजदेखि चलाएको सर्च अभियानअन्तर्गत प्रहरीले बुधबार लक्ष्यपुर पतारी गाउँपालिका–६ स्थित सीतापुरका विभिन्न ६ वटा स्थानबाट तीन हजार लिटर अबैध मदिरा बरामद गरी नष्ट गरेको हो । समाजमा विशेष गरी चाडपर्वको समयमा घरेलु मदिरा सेवन गरी झैझगडा लगायतका गतिविधिहरू बढ्दै गएको सन्दर्भमा प्रहरीले यसलाई नियन्त्रण गर्ने अभियानलाई तीव्र्रता दिएको छ ।

यस कार्यलाई स्थानीय निकायहरूसँग समेत समन्वय गरी इलाकाको ग्रामीण क्षेत्र तथा गाउँस्तरमा समेत यो अभियानलाई लहान प्रहरीले तीव्रता दिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । अबैध घरेलु मदिरा उत्पादन तथा विक्रि बितरण गर्ने कार्यलाई कडाइ गरिने इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए ।

प्रहरीले सञ्चालन गरेको उक्त अभियानले समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम राख्ने कार्यमा टेवा पुगेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया