रग्बी विश्वकप: न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डले शनिबार आयरल्यान्डलाई स्तब्ध बनाउँदै जारी रग्बी विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेको छ ।  न्युजिल्यान्डले क्वार्टरफाइनलमा आयरल्यान्डमाथि ४६–१४ स्कोरको जित निकाल्दै अर्को हप्ता योकोहमामा हुने पहिलो सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का ग¥यो । एल ब्लाक्स नामले समेत चिनिने न्युजिल्यान्डले पहिलो हाफमा तीन ट्राइ गरेको थियो । दोस्रो हाफमा चार ट्राइ गरेपछि न्युजिल्यान्डले लगातार तीन विश्वकप उपाधि यात्रा कायमै राखेको छ ।

आयरल्यान्डले खेलको एक मात्र ट्राइ दोस्रो हाफमा गरेको थियो । पिभोत रिची मोङ्गा एक्लैले ११ स्कोर गरेपछि न्युजिल्यान्डले विश्वकपमा लगातार १८ खेलमा जित निकालेको छ । सन् २००७ को विश्वकप क्वार्टरफाइनलमा फ्रान्ससँग २०–१८ स्कोरले हारेपछि न्युजिल्यान्डले विश्वकपमा लगातार जित निकाल्दै आएको छ ।

साथै न्युजिल्यान्डले आयारल्यान्डसँगको ३२ खेलमा २९ भेट आफ्नो पक्षमा पारेको छ । समूह ‘बी’ बाट समूह विजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको न्युजिल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण जिते निकालेपछि प्रशिक्षक स्टिभ ह्यानसेनले त्यसपछिका बाँकी खेलमा आफ्नो टोलीमा धेरै परिवर्तन गरेका थिए ।

जसको कारण समूहको अन्य खेलमा न्युजिल्यान्डले क्यानडाविरुद्ध ६३–० र नामिबियाविरुद्ध ७१–९ को जित निकाल्दै इटालीसँगको खेल भने आधी हुरीका कारण रद्द भएको थियो । टोकियो स्टेडियममा भएको खेलमा पनि न्यजिल्यान्ड राम्रो टोली मानिएको आयरल्यान्डविरुद्ध पूर्णरूपमा हाबी भयो । यता, इंग्ल्यान्डले पनि अस्ट्रेलियालाई ४०–१६ स्कोरले हराउँदै पहिलो हाफमा उसका स्टार जोनी मेले दुई ट्राइ गरेका थिए ।

ओइता स्टेडियममा त्यो सफलतापछि विश्व नम्बर दुई इंग्ल्यान्डले अर्को शनिबार योकोहममा हुने फाइनलमा स्थान बनाएको हो । सन् २००७ पछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको इंग्ल्यान्डले दुवै हाफमा समान दुई ट्राइ गरेका थिए । विश्व वरीयतामा सातौँ स्थानमा रहेको अस्ट्रेलियाले खेलमा एक मात्र ट्राइ गर्दा दोस्रो हाफमा सफलता प्राप्त गरेको थियो ।

आइतबार क्वार्टरफाइनलको दुई खेलमा वेल्सले फ्रान्ससँग ओइतामा प्रतिस्पर्धा गर्दा पहिलोपटक रग्बी विश्वकपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्न लागेको घरेलु टोली जापानले टोकियोमा दक्षिण अफ्रिकाविरुद्ध चुनौती प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया