खोजखबर

बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ

सौर्य अनलाइन २०७६ असोज २३ गते १३:३४ मा प्रकाशित

भीमदत्तनगर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

‘महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’

उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै महिलाबाट कुनै जाहेरी नआएको बताए । ‘अहिलेसम्म मुद्दा दर्ता भएको छैन’, चन्दले भने, ‘घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।’

प्रतिक्रिया