अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण, ३० जना मारिए

एजेन्सी । पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् । सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेको विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएको बताएको छ । जस मध्ये ३० मारिएका हुन् । हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया