बलात्कारको आरोप लागेका महरा पक्राउ

काठमाडौँ । महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट प्रहरीले महरालाई पक्राउ गर्न आदेश पाएपछि पक्राउ गरेको हो ।

महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन उनकै निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको छ । महराले आफूमाथि जबर्जस्ती यौन दुव्र्यबहार गरेको भन्दै शुक्रबार महिला कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया