बिन्दास पाराको गीत  

काठमाडौं । गायक अशोक सुब्बा र गायिका दुर्गा साउदको स्वर रहेको गीत ‘बिन्दास पाराले…’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आशिष राईको शब्द तथा संगीत र जीवन बाबुको एरेन्ज रहेको छ ।

आशिक राईको निर्देशन, अशोक बसेलको कोरियोग्राफर रहेको गीतको भिडियोमा अशोक र मोनिका लामालाई फिचरिङ गरिएको छ । विक्रम कार्कीले छायांकन गरेको भिडियोलाई गायक अशोकले नै सम्पादन गरेका छन् भने युनिक डिथ्री क्रियुको नृत्य रहेको छ ।

प्रतिक्रिया