स्मार्ट विद्यालयका लागि धार्मिक महोत्सव

अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका–२ डाँडाकटेरीमा रहेको सरस्वती माता माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट एवं प्राविधिक विद्यालय सञ्चालानार्थ मालारानी डाँडाकटेरी शैक्षिक तथा धार्मिक महोत्वस सञ्चालन गरिएको छ ।

महोत्सवको उद्घाटन गर्दे पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले महोत्सवले विकास र समृद्धिको यात्रालाई सहयोग पु¥याउने भन्दै सांसद रायमाझीले विद्यालयलाई आपूmले २० लाख सहयोग गर्ने उद्घोष गरे । उनले अबको शिक्षालाई प्राविधिक वैज्ञानिक र आधुनिक शिक्षाको विकास गर्नुको विकल्प नभएको वताए ।

गाउँमा शिक्षा, स्वाथ्य र बेरोजगारीले गर्दा धेरै जनसंख्या गाउँ छोडदै गएकोले अब यी महत्वपूर्ण विषयहरू योजनावद्ध विकासका साथ तीव्र गतिमा काम गरिने रायमाझीले बताए । रायमाझीले भने, ‘जिल्लाका सबै विद्यालयको विकासमा मेरो धेरै ध्यान गएको छ केही वर्षमा परिणाम आउने गरी काम हुन्छ, म कुनै पूर्वाग्रहविना जिल्लाको समानुपातिक विकासमा प्रतिवद्ध नै छु ।’

गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले धार्मिक महोत्वसले पालिकाको शैशिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भन्दै अध्यक्ष आचार्यले महोत्सवमा जम्मा हुने रकमको दोब्बर बराबरको गाउँपालिकाले विद्यालयको भौतिक संरचना निर्माणका लागि बजेट उपलब्ध गराउने उद्घोष गरेका छन् ।

धार्मिक तथा शैक्षिक महोत्सवबाट विद्यालयको स्तरोन्नति गर्दै आधुनिक सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउनुका साथै विद्यालयमा विभिन्न विषयका प्राविधिक विद्यालय सञ्चालन गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवलाल भुसालले बताए ।
०३१ सालमा स्थापना भएका अर्घाखाँची जिल्लाको यो पुरानो विद्यालयको गुणस्तर विकास गर्नेका लागि महायज्ञबाट करिब एक करोडसम्मको बजेट उठाउने लक्ष्य लिएको महोत्सव सञ्चालन मूल समारोह समितिका संयोजक योगेन्द्र भुसालले बताए ।

दैनिक विवाह, व्रतबन्ध, रुद्रीपूजा, अन्य भजन तथा जिभिन्न धार्मिक कार्य गरिने महोत्वसका मुख्य वाचक तथा शैक्षिक अभियन्ता ईश्वर शरणम र ऋषिकेश महाराजले बताए । यहि १२ असोजदेखि सञ्चालन भएको धार्मिक तथा शैक्षिक महोत्सव १८ असोजमा समापन हुने आयोजकले बताएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया