उत्कृष्ट १० मा छानिए एसके दाहाल

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा हुन लागेको ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ को उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष विधामा सुरेन्द्र कुमार दाहाल (एसके) उत्कृष्ट दशमा पर्न सफल भएका छन् । दाहाल चर्चित गीत ‘रुँदै बाटो छेकम’ गीतबाट नोमिनेसनमा परेका हुन् । विगत लामो समयदेखि म्युजिक भिडियोमा सक्रिय दाहालले नोमिनेसनमा परेको मा खुशी व्यक्त गरका छन् ।

‘अवार्ड थुप्रै पाए पनि यो अवार्डको महत्व अझैं बढि भएकोले उतकृष्टमै पर्नु पनि ठुलो कुरा हो’, उनले भने, ‘सबै दर्शकले साथ सहयोग दिने र भोट गरेर जिताउँने छन् ।’ यसअघि दर्जनौँ अवार्ड पाईसकेका दाहालले सांगीतिक यात्राको गति अझै बढाउँदै लैजाने बताए । आउँदो २३ नोभेम्बरमा हुने कार्यक्रममा १८ विधामा अवार्ड प्रदान गरिन लागिएको छ । राजधानीको होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच नोमिनेसनमा परेका सबै कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

उत्कृष्ट दशमा परेका कलाकार अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागि निर्णायक र भोटिङबाट छनोट हुनेछन् । आयोजक वल्र्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गतेबाट बिश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारलाई निर्णायकको तर्फबाट ४० प्रतिशत प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसिएल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् ।

उत्कृष्ट तीनमा पर्न सफल कलाकार मात्र फाइनल अवार्ड समारोहमा सहभागी हुन अमेरिकाको भिसा प्रक्रियामा लगिने उपाध्यक्ष शेर्पाले जानकारी दिए । फेदर क्रिएसन प्रालिको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमका लागि गएको २१ जुन देखि ३० अगस्टसम्म संसारभरिबाट ७ सय ८२ फर्म दर्ता हुन आएको आयोजकले जनाएको छ । तिनै फर्मको आधारमा पाँच निर्णायक समितिले उत्कृष्ट दशलाई छनोट गरेको हो ।

अवार्डमा उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिलातर्फ, भाषाभाषी चलचित्रको गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट आधुनिक गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक दोहोरी गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोकगीतः पुरुष र महिला, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीतकार, उत्कृष्ट म्युजिक भिडियो निर्देशक, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट लोपोन्मुख गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट पप गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत लय संकलक, उत्कृष्ट म्युजिक भिडियो मोडलः पुरुष र महिलातर्फका उत्कृष्ट दशलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया